चोक चौतारामा कचहरी बस्ने : अभियन्ता उप्रेती
सामाजिक कार्य दिवसको अवसरमा खुल्ला छलफल कार्यक्रमको आयोजना संगै युवालाई बहस तथा पैरविमा जोड्ने तथा युवालाई थप सचेत र चेतना अभिवृद्धि गर्ने बारे उप्रेती बताए।

२०७७ चैत ३ मंगलबार, राति १०:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेशमा लोप हुँदै गएको चौक चौराहाको कचहरीलाई पुनः जागृत गर्न अभियान थालिने भएको छ ।
युथ एड्भोकेसि नेपाल शाखा कार्यालय जनकपुरधामको आयोजनामा सामाजिक कार्य दिवसको अवसरमा खुल्ला छलफल कार्यक्रममा युवा अभियन्ता दिवाकर उप्रेतिले लोप हुँदै गएको कचहरी पुनः जागृह गर्नुपर्नेप्रति जोड दिए ।
जनकपुरमा मँगलबार सामाजिक क्षेत्रमा युवाको अवसर तथा चुनौतीहरु बिषयमा गरिएको छलफलमा बुद्धिजीवी, नागरिक समाज, पत्रकार, तथा समाजसेवी, युवाहरुको उपस्थितमा चौक चौराहामा बस्ने कचहरीको सन्दर्भमा गहिरो छलफल गरिएको थियो ।
तराई तथा भित्र मधेशमा कचहरी बस्ने चलन लोप हुन आटेको भन्दै नयाँ पुस्ताले त्यस्ता मौलिक थितिलाई संरक्षण तथा सम्बर्द्धन गर्न अग्रसर रहन पर्ने तथा यस्ता कार्यक्रमबाट युवालाई प्रबल सम्भावना तथा अवसर बारे जानकारी दिन सक्ने बारे आयोजक संस्थाका अभियान संयोजक समेत रहेका उप्रेतीले बताए ।
सामाजिक कार्य दिवसको अवसरमा खुल्ला छलफल कार्यक्रमको आयोजना संगै युवालाई बहस तथा पैरविमा जोड्ने तथा युवालाई थप सचेत र चेतना अभिवृद्धि गर्ने बारे उप्रेती बताए।
उनका अनुसार जनकपुरधामको हरेक चोक तथा चौतारीमा बिभिन्न सामाजिक मुद्दा तथा बिषयमा कचहरी बस्ने बारे समेत जानकारी गराए । जसको विधिवत रूपमा मँगलबारबाटै सुरु भएको बताए ।
कार्यक्रममा ओरेक धनुषा कि रोजलिन सिंह बच्छार, सामाजिक अभियन्ता जमुना भुजेल, इन्सेक प्रदेश इन्चार्ज राजु पासवान , पत्रकार वि.पि साह तथा नागरिक समाजका मुरलिमनोहर मिश्र लगायत २ दर्जन बढिको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…