मिथिलाको महाकुम्भ आज महोत्तरीको मडैमा
न्यूज ब्यूरो जनकपुरधाम, ८ फागुन । मिथिलाको महाकुम्भ मध्यमा परिक्रमा आज महोत्तरीको मडैमा विश्राम लिएका छन् । सोमबारराति महोत्तरीको जलेश्वरमा रात्री विश्राम गरेका परिक्रमा यात्री मँगलबार बिहानै मडै तर्फ प्रस्थान गरेको थियो । रिक्रमा यात्री मडैमा रात्री विश्राम गर्ने छन । जलेश्वरमा परिक्रमा यात्रीले सो

२०७४ फागुन ८ मंगलबार, राति ८:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो
जनकपुरधाम, ८ फागुन । मिथिलाको महाकुम्भ मध्यमा परिक्रमा आज महोत्तरीको मडैमा विश्राम लिएका छन् ।
सोमबारराति महोत्तरीको जलेश्वरमा रात्री विश्राम गरेका परिक्रमा यात्री मँगलबार बिहानै मडै तर्फ प्रस्थान गरेको थियो ।
रिक्रमा यात्री मडैमा रात्री विश्राम गर्ने छन । जलेश्वरमा परिक्रमा यात्रीले सोमबार नुहाइधुवाई गरी बाबा जलेश्वरनाथको दर्शनपुजा गरेका छन ।
सोमबार बिहान मटिहानीबाट परिक्रमाको डोला जलेश्वरको लागि प्रस्थान गरेका थिए ।
भारतको गिरिजास्थानमा बास बस्दै पांचौ दिन विश्रामका लागि महोत्तरीको मडै पुगेका छन् ।
मडैमा स्थानीय युवा क्लब, संघसंस्थाहरुले परिक्रमा यात्रीको भव्य स्वागतको तयारी गरेका छन ।
स्थानीयहरुका अनुसार परिक्रमा यात्रीको लागि निःशुल्क भोजन, दाउरा, खानेपानी, पराल लगायतको व्यवस्था गरिएको छ ।
परिक्रमा यात्रीको सहयोग गरेर स्थानीयहरुले पुण्यको भागिदारी बन्न चाहन्छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…