प्रदेश २ः चार बालिका स्कुलबाटै पुगे सिरहाको गोलबजार, स्थानीयद्धारा उद्धार!
सिरहाको गोलबजारमा विभिन्न समयमा यौनधन्दाको समाचारहरु बाहिर आइरहेको हुन्छन् ।

२०७७ चैत ३ मंगलबार, बिहान १०:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको ४ बालिका स्कूलबाटै सिरहा जिल्लाको गोलबजार पुगेपछि विभिन्न शंका गरिएको छ ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुर स्थित बस्ने बालबालिकाहरुलाई विद्यालयबाटै ललाई फकाई लैजाँदै गर्दा सिरहाको गोलबजारबाट उद्धार गरिएको हो ।
स्थानीय मनोज महराकी अन्दाजी बर्ष ८ की प्रिती महरा र विनोद शर्माकी बर्ष ७ की छोरी (नाम नखुलेको) तथा सोही ठाउँ बस्ने गाउँमा बन्दना थापाकी २ छोरी समेत स्कूलबाटै गोलबजार पुगेपछि उद्धार गरिएको हो ।
सोमबार अबेरसम्म रघुनाथपुर स्थित रहेको द्धारिका आधारभूत समुदायिक विद्यालयबाट घर नफर्केपछि आमावुवाले खोजतलास सुरु गरेको थियो । नभेटाएपछि जताततै भौँतारिएका अभिभावकले रातभरि खोज्ने निधो गरे ।
सोमबार राती करिब १२ बजेको समयमा सिरहाको गोलबजारबाट फोन आएपछि रघुनाथपुरबाट गएका युवा अगुवा सँतोष दासले उनीहरुलाई उद्धार गरेको हो ।
प्रिति महरा र विनोद शर्माकी छोरीको बयान अनुसार बन्दनाकी छोरी आर्या थापा (तस्विरमा दायाँ भागमा सल बाँधेकी) ले तीनै जनालाई ललाई फकाई गोलबजारसम्म लगेको अगुवा सँतोष दासले जनाएका छन् ।
यता, इलाका प्रहरी कार्यालय सबैलाले भने बालिका हराएर गोलबजार पुगेकी र उनीहरु भेटिएको जानकारी मात्र भएको प्रतिक्रिया दिएको छ ।
बालिकाहरु विद्यालयमै ब्याग छाडेर कसरी गोलबजारसम्म पुगेको भन्ने प्रश्नमा दुई बालिकाले बन्दनाकी छोरीले ३०० रुपैयाँ दिँदै तथा साथीको वास्ता दिँदै फकाए लगेको प्रतिक्रिया दिएकी हुन् ।
राती नै २ बालिकालाई रघुनाथपुर ल्याइएको छ भने आर्या थापा र उनकी बहिनी भने सिरहाकै कटारी स्थित रहेको उनको मामाको घरमा बसेकी बताइएको छ ।
चारै जना किन र कुन कामले गोलबजारसम्म पुगेको भन्ने बारे खुल्न सकेको छैनन् । आर्या थापाले तीनै जनालाई लगेको बताइएको छ ।
यता, विद्यालयका प्रधानाध्यापक (हेडमास्टर) राम शँकर यादवले समेत विद्यार्थीहरु कसरी गोलबजारसम्म पुगेको बारे छानबिन सुरु गरेको बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…