आँखा देख्न नसक्ने महरालाई नौयसविघा समाजको सहयोग
न्यूज ब्यूरो, धनुषा । विदेशमा रहेका धनुषाको नौसयविघाका युवाहरुको समूह अहिले समाजिक कार्यमा निरन्तर सहयोग गर्दै आएका छन् । परेको बेला असहाय, गरिब विपन्नलाई निरन्तर सहयोग गर्दै आएको नौयसविघा समाज सहयोगी युवा समूहले आईतबार धनुषाको सबैलामा सहयोग गरेका छन् । मानव सेवा नै धर्मको हो भन्दै समूहले धनुषाको सब

२०७७ चैत २ सोमबार, बिहान ९:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । विदेशमा रहेका धनुषाको नौसयविघाका युवाहरुको समूह अहिले समाजिक कार्यमा निरन्तर सहयोग गर्दै आएका छन् ।
परेको बेला असहाय, गरिब विपन्नलाई निरन्तर सहयोग गर्दै आएको नौयसविघा समाज सहयोगी युवा समूहले आईतबार धनुषाको सबैलामा सहयोग गरेका छन् ।
मानव सेवा नै धर्मको हो भन्दै समूहले धनुषाको सबैला नगरपालिका वडा नम्बर ३ स्थित रहेको दलित वस्तीमा आँखा नदेख्ने एक महिला र फरक क्षमता भएका (अपाँग) लाई १० हजार रुपैयाँ सहयोग गरेको हो ।
स्थानीय भोली महारा र आँखा नदेख्न सक्ने जयकाला महारालाई आर्थिक सहयोग गरिएको हो । उनीहरुलाई खाद्यान्न, कपडा र नगद समेत सहयोग गरेको हो । यसअघि पनि युवाहरुको यो समूहले विभिन्न ठाउँमा सहयोग गर्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…