काठमान्डौँमा विस्फोटक पदार्थ, सेनाद्वारा डिस्पोज
न्यूज ब्यूरो || भक्तपुर, ८ फागुन : काठमान्डौँ मध्यपुरथिमिको चारदोबाटोमा झोलाभित्र राखेको विस्फोटक पदार्थलाई नेपाली सेनाले निष्क्रिय गरेको छ । आज दिउँसो ३ बजे साझा पेट्रोल पम्प नजिकै रूखको फेदमा झोलाभित्र विस्फोटक पदार्थ भेटिएपछि नेपाली सेनाको टोलीलाई बोलाएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब

२०७४ फागुन ८ मंगलबार, राति ८:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
भक्तपुर, ८ फागुन : काठमान्डौँ मध्यपुरथिमिको चारदोबाटोमा झोलाभित्र राखेको विस्फोटक पदार्थलाई नेपाली सेनाले निष्क्रिय गरेको छ ।
आज दिउँसो ३ बजे साझा पेट्रोल पम्प नजिकै रूखको फेदमा झोलाभित्र विस्फोटक पदार्थ भेटिएपछि नेपाली सेनाको टोलीलाई बोलाएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जनाए ।
मानिसहरुको बाक्लो आवत–जावत हुने क्षेत्रमा विस्फोटक पदार्थ भेटिएपछि ६ लेन सडकको काठमाडौं बाट भक्तपुरतर्फ जाने सडक बन्द गराएर आवत–जावतमा समेत रोक लगाएको थियो ।
सेनाको पहिलो टोलीले डिस्फोज गर्न नसकेपछि बम निष्क्रिय टोली आएर बम निष्क्रिय गरेको प्रहरीले जानकारी दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…