सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा सर्लाहीबाट दुई जना पक्राउ
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनीहरूले फेसबुकमार्फत प्रहरीसँग सम्बन्धित घटनाबारे वास्तविकताभन्दा फरक सूचना सम्प्रेषण गरी सर्वसाधारणमा भ्रम सिर्जना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

२०८३ मंसिर २ बुधबार, बिहान ८:५८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सर्लाही । सामाजिक सञ्जालमार्फत प्रहरीसँग सम्बन्धित घटनाबारे भ्रामक सूचना फैलाएको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मलंगवा नगरपालिका–४ का २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका–४, गडहिया टोलका ३२ वर्षीय आलम बैठा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनीहरूले फेसबुकमार्फत प्रहरीसँग सम्बन्धित घटनाबारे वास्तविकताभन्दा फरक सूचना सम्प्रेषण गरी सर्वसाधारणमा भ्रम सिर्जना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरूको गतिविधिबाट प्रहरीको कामकारबाहीबारे अनावश्यक भ्रम र अन्योल फैलिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।
यसैबीच प्रहरीले सामाजिक सञ्जालमा कुनै पनि सामग्री प्रकाशन वा प्रसारण गर्नुअघि त्यसको सत्यतथ्य पुष्टि गर्न र अपुष्ट तथा भ्रामक सूचना सेयर नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…