कमला पुल निरीक्षण गर्न भोलि भौतिक पूर्वाधारमन्त्री लम्साल धनुषा आउँदै
कमला पुलको समस्या समाधानका लागि पटक–पटक आवाज उठ्दै आए पनि ठोस निकास ननिस्किएका बेला मन्त्रीको स्थलगत निरीक्षणलाई चासोका साथ हेरिएको छ ।

२०८३ मंसिर २ बुधबार, बेलुकी ५:४८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा र सिरहालाई जोड्ने कमला नदीस्थित पुलको अवस्था बुझ्न भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल भोलि स्थलगत निरीक्षणमा आउने भएका छन् ।
मन्त्री लम्साल २०८३ साल मंसिर ३ गते कमला नदीको पुल निरीक्षणका लागि आउने कार्यक्रम तय भएको हो ।
लामो समयदेखि निर्माण तथा सञ्चालनको समस्याले चर्चामा रहेको कमला पुलको वर्तमान अवस्था बुझ्न मन्त्री लम्सालले स्थलगत अवलोकन गर्नेछन् । निरीक्षणका क्रममा पुलको भौतिक अवस्था, निर्माणसम्बन्धी समस्या र स्थानीयवासीले भोग्दै आएको आवागमनको कठिनाइबारे जानकारी लिने कार्यक्रम रहेको छ ।
कमला पुलको समस्या समाधानका लागि पटक–पटक आवाज उठ्दै आए पनि ठोस निकास ननिस्किएका बेला मन्त्रीको स्थलगत निरीक्षणलाई चासोका साथ हेरिएको छ ।
मन्त्रीको निरीक्षणपछि पुल निर्माण तथा सञ्चालनसम्बन्धी समस्या समाधानका लागि आवश्यक पहल हुने स्थानीयवासीको अपेक्षा छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…