आउँदो मँगलबारदेखि देशको धेरै क्षेत्रमा झरीको सम्भावना, धान काट्ने किसानलाई सतर्क रहन आग्रह
उनका अनुसार मौसमको पूर्वानुमान आगामी दिनमा परिवर्तन हुन सक्ने भएकाले पछिल्लो अपडेटमा ध्यान दिन आवश्यक छ ।
२०८३ कार्तिक ५ बिहीबार, बेलुकी ६:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मौसमविद् विनोद पोखरेलले आगामी सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षा हुने सम्भावना रहेको भन्दै किसान तथा यात्रुलाई सतर्क रहन आग्रह गरेका छन् ।
उनका अनुसार मौसम पूर्वानुमानका विभिन्न मोडेलले बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले वर्षा हुन सक्ने संकेत देखाएका छन् । मंगलबारदेखि करिब एक साताभन्दा बढी समयसम्म देशका धेरै क्षेत्रमा वर्षा हुन सक्ने प्रारम्भिक अनुमान रहेको उनले बताएका छन् ।
केही स्थानमा भारी वर्षा र कतिपय क्षेत्रमा असिनासहित वर्षा हुन सक्ने सम्भावना पनि देखिएको पोखरेलको भनाइ छ । तर, विभिन्न मौसम पूर्वानुमान मोडेलले वर्षा हुने स्थान र मात्राबारे फरक संकेत दिएकाले अहिले नै कुन क्षेत्रमा कति वर्षा हुन्छ भनेर यकिन गर्न कठिन रहेको उनले स्पष्ट पारेका छन् ।
उनका अनुसार मौसमको पूर्वानुमान आगामी दिनमा परिवर्तन हुन सक्ने भएकाले पछिल्लो अपडेटमा ध्यान दिन आवश्यक छ ।
धान काट्ने तयारीमा रहेका किसानलाई भने मौसमको अवस्था हेरेर मात्रै काम अघि बढाउन सुझाव दिइएको छ । सम्भव भए वर्षा सुरु हुनुअघि नै धान काटेर सुरक्षित रूपमा भित्र्याउन वा वर्षा रोकिएपछि कटानी गर्ने गरी योजना बनाउन पोखरेलले आग्रह गरेका छन् ।
त्यसैगरी, हिमाली क्षेत्रमा मौसम प्रतिकूल हुँदा जोखिम बढ्न सक्ने भएकाले यात्रा तथा पदयात्रामा निस्कनेहरूले विशेष सावधानी अपनाउनुपर्ने उनले बताएका छन् । नियमित मौसम अपडेट हेर्न र आधिकारिक सूचनाका आधारमा यात्रा योजना बनाउनसमेत उनको सुझाव छ ।
मौसमसम्बन्धी आधिकारिक जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको साप्ताहिक कृषि–मौसम बुलेटिन हेर्न सकिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
आनन्द कनिष्क
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…