जनकपुरका यी युवक २ अर्बभन्दा बढीको क्रिप्टो कारोबार आरोपमा पक्राउ
उनलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको

२०८३ कार्तिक १३ शुक्रबार, बिहान ११:०७ बजे१ मिनेट पढाइ
न्यूज ब्युरो, जनकपुरधाम । अनलाइन बेटिङ र क्रिप्टोकरेन्सीको अवैध कारोबार गरेको आरोपमा धनुषाका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिल कुमार यादव रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी कार्यालय धनुषासँगको समन्वयमा यादवलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एप्लिकेसनमार्फत सट्टेबाजी खेलाउने र क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको आरोप छ।
अनुसन्धानका क्रममा यादवको बाइनान्स खातामार्फत २ करोड ६९ लाख ९१ हजार ३८८ अमेरिकी डलर बराबरको यूएसडीटी कारोबार भएको खुलेको प्रहरीले जनाएको छ। उक्त रकम नेपाली मुद्रामा करिब २ अर्ब १६ करोड १ लाख रुपैयाँभन्दा बढी हुन्छ।
प्रहरीले नेपाल राष्ट्र बैंकको नीतिविपरीत अभौतिक मुद्राको कारोबार तथा अनलाइन सट्टेबाजी भइरहेको सूचनाका आधारमा प्राविधिक निगरानी र अनुसन्धान अघि बढाएको थियो।
यादवमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गत जुवा तथा सट्टेबाजी र दफा २६२९क (९१) अन्तर्गत अभौतिक मुद्राको प्रयोगसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
उनलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…