मधेशकै सबभन्दा ठुलो सभाहलको नेतृ जुली महासेठले गरिन नीरिक्षण, आकाशे पुल सँचालनको तयारीमा
नगरपालिकाको १० वटै वडालाई समेटिएको ४४ करोडको लागतमा क्षीरेश्वर रिँगरोड अन्तिम चरणमा रहेको हो ।

२०८३ कार्तिक १२ बिहीबार, बिहान ८:४३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्व मन्त्री एवम् एमालेकी नेतृ जुली महासेठले मधेशकै सबभन्दा ठुलो सभाहलको नीरिक्षण गरेकी छन् ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ६ सखुवा बजारस्थित निर्माणधीन रहेको ७५३ सिटको विशाल सभाहलको बुधबार नीरिक्षण गरेकी हुन् । जुली महासेठ मन्त्री हुँदा विशाल सभाहलको लागि १२ करोड रुपैयाँको बजेट ल्याउन पहल गरेकी थिईन् ।
होली मिलन कार्यक्रममा महासेठले यहाँ सभाहलको खाँचो औल्याउँदै सभाहल निर्माणको लागि १२ करोड रुपैयाँ ल्याएकी थिईन् । अहिले निर्माणधीन रहेको सो सभाहलको काम लगभग अन्तिम चरणमा रहेको छ । सोही क्रममा महासेठले बुधबार नीरिक्षण गरेको एमालेका जिल्ला सचिव दिपनारायण ठाकुरले जनाए ।
यसका साथै, क्षीरेश्वरनाथ नपा ५ को महेन्द्रनगरमा निर्माणधीन दुई वटा आकाशे पुलको समेत नीरिक्षण अनुगमन गरेकी हुन् । रघुवीर महासेठ भौतिक पूर्वाधार मन्त्री हुँदा महेन्द्रनगर, लक्ष्मीनीयाँमा आकाशे पुल निर्माणको लागि बजेट ल्याएका थिए । पुलसमेत लगभग सँचालनको तयारीमा रहेको हो ।
निर्माणधीन सभाहल मधेश प्रदेशको सबभन्दा ठुलो सँख्या अटाउने सभाहल भएको दाबी गरिएको छ । जनकपुरधामस्थित रहेको महेन्द्रनारायण नीधि सभाहलमा ६०० सिटको रहेको छ भने सखुवा महेन्द्रनगरमा बन्दै गरेको सभाहल ७५३ सिटको राखिएको एमालेका युवा नेता अनिल कुमार चौधरीले जानकारी दिए ।
यसका साथै क्षीरेश्वरनाथमा रिँग रोडको कार्य समेत अन्तिम चरणमा रहेको जनाईएको छ । नगरपालिकाको १० वटै वडालाई समेटिएको ४४ करोडको लागतमा क्षीरेश्वर रिँगरोड अन्तिम चरणमा रहेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…