सिरहामा ३१२ ग्राम ब्राउन सुगरसहित दुई भारतीय पक्राउ, नियन्त्रणमा लिन हवाई फायर
पछिल्लो समय लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाएको प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। बरामद पदार्थको परीक्षणपछि मात्रै त्यसको वास्तविक प्रकृति पुष्टि हुनेछ।
२०८३ कार्तिक १३ शुक्रबार, दिउँसो १२:२९ बजे१ मिनेट पढाइ
न्यूज ब्युरो, सिरहा । सिरहामा लागूऔषधविरुद्ध प्रहरीले चलाएको कारबाहीका क्रममा ३१२ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको छ।
पक्राउ पर्नेमा भारतको बेतैन्हाका लालबाबु सिंह र धर्मेन्द्र दास रहेका छन्। सिरहा नगरपालिका–१३ स्थित सिरहा–धनुषा जोड्ने झोलुङ्गे पुलबाट लागूऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाको साथबाट ३१२ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ र एक मोटरसाइकल बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकले लागूऔषध नियन्त्रणका क्रममा उनीहरूलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको जानकारी दिएका छन्।
पछिल्लो समय लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाएको प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। बरामद पदार्थको परीक्षणपछि मात्रै त्यसको वास्तविक प्रकृति पुष्टि हुनेछ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
Aadarsh Singh
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…