जनकपुर बोल्ट्सका नयाँ कप्तान हरमित सिंह नेपाल आइपुगे
लगातार दुई संस्करण फाइनल खेलेको टोलीबाट आएका हरमितले यसपटक जनकपुरलाई उपाधि यात्रामा कति अगाडि पुर्याउन सक्छन् भन्ने चासो क्रिकेटप्रेमीमाझ बढेको छ ।

२०८३ कार्तिक ६ शुक्रबार, बेलुकी ७:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सका नवनियुक्त कप्तान हरमित सिंह शुक्रबार नेपाल आइपुगेका छन् ।
बायाँहाते स्पिन बलिङ अलराउन्डर ३४ वर्षीय हरमितले यसअघिका दुई संस्करण सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए । उनको महत्त्वपूर्ण योगदानमा सुदूरपश्चिम रोयल्स लगातार दुई संस्करण फाइनलसम्म पुगेको थियो ।
यसपटक भने हरमित साविक विजेता जनकपुर बोल्ट्सको नेतृत्व गर्दै मैदानमा उत्रिनेछन् । उनको आगमनसँगै जनकपुरको टोलीले उपाधि रक्षा गर्ने लक्ष्यसहित तयारीलाई थप तीव्रता दिने अपेक्षा गरिएको छ ।
एनपीएलको पहिलो संस्करणमा अनिल साहको कप्तानीमा खेलेको जनकपुर बोल्ट्सले उपाधि जितेको थियो । त्यसपछि तेस्रो संस्करणमा नयाँ कप्तानको नेतृत्वमा मैदानमा उत्रिन लागेको जनकपुरका लागि हरमितको अनुभव र नेतृत्व महत्त्वपूर्ण हुने देखिन्छ ।
लगातार दुई संस्करण फाइनल खेलेको टोलीबाट आएका हरमितले यसपटक जनकपुरलाई उपाधि यात्रामा कति अगाडि पुर्याउन सक्छन् भन्ने चासो क्रिकेटप्रेमीमाझ बढेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…