गोलबजार–३ जरुवामा शिव मन्दिरको मूर्ति स्थापना तथा प्राणप्रतिष्ठा सम्पन्न
वि.सं. २०८३ साल कात्तिक ७ गते आयोजित कार्यक्रममा वैदिक विधिअनुसार पूजापाठ गरी मूर्तिको प्राणप्रतिष्ठा

२०८३ कार्तिक ७ शनिबार, बेलुकी ७:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजार नगरपालिका–३, जरुवास्थित शिव मन्दिरमा मूर्ति स्थापना तथा प्राणप्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ ।
मधेश प्रदेशको शिक्षा तथा सांस्कृतिक मन्त्रालयबाट प्राप्त १६ लाख रुपैयाँ अनुदानमा निर्माण गरिएको मन्दिरमा जग्गादाता स्वर्गीय नन्दलाल सुनवारको स्मृतिमा शिवमूर्ति स्थापना गरिएको हो ।
समाजसेवी तथा युवा नेता राम सगुन यादव र उनकी श्रीमती रेखा कुमारी यादवको संयुक्त आयोजनामा रुद्राभिषेक पूजा, पाठ तथा मूर्ति स्थापना कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।
वि.सं. २०८३ साल कात्तिक ७ गते आयोजित कार्यक्रममा वैदिक विधिअनुसार पूजापाठ गरी मूर्तिको प्राणप्रतिष्ठा गरिएको थियो ।
स्थानीय धार्मिक तथा सांस्कृतिक आस्थासँग जोडिएको यस कार्यक्रमले जरुवा क्षेत्रको धार्मिक गतिविधि र सांस्कृतिक परम्पराको संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…