अल्पमतमा परेका मुख्यमन्त्री यादवले कात्तिक २८ मा विश्वासको मत लिने
मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहँदा सदनलाई सम्बोधन गरेर राजीनामा दिन सक्ने सम्भावनाबारे पनि चर्चा भइरहेको छ । यद्यपि, यो विषय औपचारिक रूपमा पुष्टि भएको छैन ।

२०८३ कार्तिक २६ बिहीबार, बिहान ९:४७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाउन आग्रह गरेका छन् ।
मुख्यमन्त्री यादवले बुधबार प्रदेशसभा सचिवालयलाई पत्र लेख्दै आगामी कात्तिक २८ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गर्न आग्रह गरेका हुन् ।
सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रक्रिया अघि बढाएका हुन् ।
तर, मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरे पनि उनको सरकारको निरन्तरताबारे राजनीतिक अन्योल कायम छ । एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि १०७ सदस्यीय प्रदेशसभामा सरकार जोगाउन आवश्यक ५४ सदस्यको समर्थन जुटाउनुपर्ने चुनौती मुख्यमन्त्री यादवसामु छ ।
मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहँदा सदनलाई सम्बोधन गरेर राजीनामा दिन सक्ने सम्भावनाबारे पनि चर्चा भइरहेको छ । यद्यपि, यो विषय औपचारिक रूपमा पुष्टि भएको छैन ।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…