जनकपुरः ट्रिपरले ठोक्दा टेम्पो चालकको घटनास्थलमै मृत्यू !
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

२०७७ चैत १ आइतबार, बिहान ८:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको बहडरीमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
शनिबार बेलुका पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–८ बडहरी पुल नजिक ट्रिपरले टेम्पोलाई ठक्कर दिएपछि चालकको घटनास्थलमै मृत्यू भएको हो ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ८ ख ७२२२ नम्बरको टिपरले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ स ५४७५ नम्बरको तीनपांग्रे अटो टेम्पोलाई ठक्कर दिँदा अटो चालकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान जानेमा महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १ का अटो चालक विर बहादुर तामाङ्ग रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कुमार कार्कीले बताएका छन् ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…