आज विपल्वको नेपाल बन्द, प्रदेश २ मा शून्य प्रभाव
न्यूज ब्यूरो || जनकपुरधाम, ८ फागुन । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । विराटनगरबाट विप्लव नेतृत्वको नेकपाका नेताहरुलाई प्रहरीले पक्राउ गरेको विरोधमा आज बन्द आह्वान गरिएको हो । बन्दको प्रभाव भने नेपालभरि आँशिक रुपमा परेको देखिएको छ । राजधानी काठमान्डौँमा पनि आँ

२०७४ फागुन ८ मंगलबार, दिउँसो १२:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ८ फागुन । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ ।
विराटनगरबाट विप्लव नेतृत्वको नेकपाका नेताहरुलाई प्रहरीले पक्राउ गरेको विरोधमा आज बन्द आह्वान गरिएको हो ।
बन्दको प्रभाव भने नेपालभरि आँशिक रुपमा परेको देखिएको छ ।
राजधानी काठमान्डौँमा पनि आँशिक प्रभाव परेको छ भने अन्य ठाउँमा समेत आँशिक मात्र प्रभाव परेको हो ।
प्रदेश नं. २ मा भने बन्दको शून्य प्रभाव परेको देखिएको छ ।
प्रदेश २ को ८ वटै जिल्लामा विपल्वले आव्हान गरेको बन्दको प्रभाव नदेखिएको हो । विहानैदेखि सवारीसाधनहरु गुडेका छन् भने कलकारखाना, शैक्षिक सँस्थान, बजार समेत पूर्णरुपमा खुल्ला देखिएको छ ।
अप्रिय घटना केही भएको छैन । गाडीहरु पनि चलिरहेका छन् ।’
नेकपाका नेताहरु पक्राउ परेको जिल्ला मोरङमा बन्दको प्रभाव सामान्य छ ।
बजार, कलकारखाना, शैक्षिक संस्थाहरु बन्द छन् । तर, छोटो दुरीका सवारी साधनहरु भने चलिरहेका छन् ।
धनुषामा २ तथा मोरङमा ४ जना पक्राउ
धनुषाबाट केही महिनाअघि विपल्वका दुई जना पक्राउ परेका छन् । पार्टीको अभियानको क्रममा पक्राउ परेका आफना कार्यकर्ताको रिहाईको माग गर्दै बन्दको आव्हान गरिएको विपल्वका धनुषा जिल्ला ईन्चार्ज राजु कार्कीले न्यूज ब्यूरोसँग भने ।
अभियानको क्रममा बिहारी राय र जाहिर राईन पक्राउ परेको हो ।
यस्तै, कोशी राजमार्गअन्तर्गतको टंकी सिनुवारीमा दुईवटा सवारी साधानमा ढुंगा हानेको आरोपमा विप्लवका ४ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार, विप्लवका कार्यकर्ताले सशस्त्र प्रहरीको ट्रक र अर्को एउटा बसमा ढुंगा प्रहार गरेका हुन् । ढुंगा प्रहारबाट दुवै सवारीसाधनमा सामान्य क्षति पुगेको पुगेको छ
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…