प्रदेश २ को रौतहटमा ग्राण्डी हस्पिटल सँचालन
प्रदेश सरकारले सरकारी अस्पताल हरुको स्तरोन्नतिका लागि करोडौं रुपैया उपलब्ध गराए पनि अस्पताल हरु रकम खर्च गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बताए ।

२०७७ फागुन २६ बुधबार, बेलुकी ५:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले रौतहट ग्राण्डी हस्पिटल एण्ड आँखा अस्पताल गरुडाको एक कार्यक्रम बिच उद्घाटन गरेका छन् ।
निजि क्षेत्रबाट सञ्चालनमा ल्याईएको सुबिधा सम्पन्न उक्त अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले रौतहटको मध्यभागमा सञ्चालनमा आएको अस्पतालले बिरामीहरुलाई भरपर्दो सेवा दिने बिश्वास ब्यक्त गरे ।
स्वास्थ्य क्षेत्रमा पछाडी परेको प्रदेश २ मा स्वास्थ्य संस्थाहरुमा आमूल परिवर्तनको आबस्यक्ता रहेकोे उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार त्यस दिसामा अगाडी बढी सकेको दाबी समेत गरे ।
प्रदेश सरकारले सरकारी अस्पताल हरुको स्तरोन्नतिका लागि करोडौं रुपैया उपलब्ध गराए पनि अस्पताल हरु रकम खर्च गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बताए ।
गरुडाका नगरप्रमुख ईन्नु राय यादवकों अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा भुमिब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादब , प्रदेश सभा सदस्य अब्दुल कलाम अजाद (फुलबाबु), विभिन्न स्थानीय तह्का प्रमुखहरु, जनता समाजवादी पार्टी का नेताहरू लगायतको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…