४९ किलो गाँजा बरामद
न्यूज ब्यूरो, सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारीबाट मङ्गलबार साँझ ठूलो परिमाणमा अवैध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीले केरा बगैँचामा लुकाएर राखिएको अवस्थामा ४९ किलो लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल भण्टावारीका इञ्चार्ज भुवन खड्काले बताए । निजी जग्गामा राखिएको केरा बगैँचाको

२०७७ फागुन २६ बुधबार, बिहान ९:१० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारीबाट मङ्गलबार साँझ ठूलो परिमाणमा अवैध गाँजा बरामद भएको छ ।
सशस्त्र प्रहरीले केरा बगैँचामा लुकाएर राखिएको अवस्थामा ४९ किलो लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल भण्टावारीका इञ्चार्ज भुवन खड्काले बताए ।
निजी जग्गामा राखिएको केरा बगैँचाको माटोमुनि लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
गाँजा भेटिएको ठाउँबाट भारतीय बजार निकै नजिक भएका कारणले भारतीय बजारमा बिक्रीका लागि लैजाने उद्देश्यले गाँजा भण्डारण गरेर राखिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
पछिल्लो सयम सुनसरीका विभिन्न सीमावर्ती नाकाबाट अवैध गाँजा तस्करी हुने गरेको सीमा क्षेत्रका स्थानीयवासीले बताएका छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…