प्रदेश २ः केन्द्रको विवादले गाउँपालिकामा तालाबन्दी
उनले हाल कार्यालय रहेको स्थान निकै कोल्टे परेकाले गाउँपालिका बासीलाई पायक नपरेको समेत दाबी गरे ।

२०७७ फागुन २४ सोमबार, राति ८:४२ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । प्रदेश नम्बर २ को सर्लाहीस्थित चन्द्रनगर गाउँपालिकामा केन्द्र सार्न खोजेको भन्दै स्थानियवासीले तालाबन्दी गरेर विरोध प्रदर्शनमा उत्रेका छन् ।
गएको फाल्गुन २१ गते चन्द्रनगर गाउँपालिकाको वडा नम्बर ६ र ७ मा पर्ने नाढीताल परिसरमा रहेको गाउँपालिकाको केन्द्र पालिका अध्यक्षले महेन्द्र महतोले सत्ता र पावरको आडमा वडा नम्बर २ बबरगन्ज स्थित आफनै गाउँ सार्न खोजेको भन्दै स्थानियवासीहरु विरोध प्रदर्शन गर्दै अनिश्चितकालिन रिले अनशनमा बसेका छन ।
चन्द्रनगर गाउँपालिकाको केन्द्र सार्न खोज्दा स्थानियवासीको विरोध र तालाबन्दीको कारण गाउँपालिका कार्यालयको गत शुक्रवारदेखि खुल्न सकेको छैन ।
गाउँपालिकाका अध्यक्ष महेन्द्र महतो लगायतले चन्द्रनगरमा रहेको केन्द्र बबरगंजमा सार्ने षडयन्त्र गरेको भन्दै चन्द्रनगर, कामत, खड्काटोल, लोदुवा, नारी लगायत गाउँका बासिन्दाले गत शुक्रबारदेखि गाउँपालिका कार्यालयमा तालाबन्दी सहित लगातार धर्ना र विरोध प्रदर्शन गरिरहेका छन् ।
तालाबन्दी एवं धर्नाका कारण कर्मचारीहरु चन्द्रनगर बजार स्थलमा पुगेपनि त्यतिकै बसेर फर्किरहेका छन, भने अत्यावश्यक काम गराउनुपर्ने सेवाग्राही मारमा परेका छन् ।
‘गाउँपालिका अध्यक्ष लगायत वडाध्यक्षहरुको मिलेमतोमा गापा अध्यक्ष महतोकै गाउँ बबरगंजमा कार्यालय सार्ने षडयन्त्र भएपछि हामीहरुको आपत्ति रहेको स्थानिय समाजसेवी जयकरण सिंहले बताए ।
स्थानिय सरकार निमार्ण भएको दिनदेखि नै गाउँपालिका अध्यक्ष महेन्द्र महतो केन्द्र आफनै गाउँमा सार्ने षडयन्त्र गर्दै आएकोे नेपाली काँग्रेसको अध्यक्ष पदको प्रत्याशी उम्मेदवार श्याम प्रसाद सिंहले बताए ।
उनी केन्द्र सार्ने प्रयास गर्दा उहाँकै दाई माननिय राजेन्द्र महतो र छोरो प्रदेश सांसद ओपेन्द्र महतो संग केन्द्र नसार्नका लागि हामीहरु पटक पटक गुहार गर्दा, उहाँहरु खुल्ला मन्चबाट भने, नाढी ताल चन्द्रनगरको धरोहर र पर्यटकीय स्थल भएको कारण कुनै पनि शर्तमा केन्द्र सर्दैन भने प्रतिबद्वता समेत जनाएका थिए ।
तर उहाँ पटक पटक षडयन्त्र गरी आफनो प्रतिबद्वता विपरीत ५० प्रतिशत जनताको मध्य र कामकाजको हिसाबले पनि नजिक र सहज भएको ठाउँबाट आफनै गाउँमा सार्न खाजेको आरोप लगाए ।
घरमै आएर केन्द्र सार्ने विषयमा समर्थनको लागि गाउँपालिका अध्यक्ष पक्षको शंकर चौधरीले दुई लाखको अफर दिन खोजेको वार्ड न। ७ का वडासदस्य रामस्वरुप चौधरीले बताए ।
स्थानिय निकाय निमार्ण भएको चौथो आर्थिक बर्ष बित्न लागेको र हामीहरु सुरु देखि नै सर्वदलिय बैठकमा गाउँपालिकाको केन्द्र भएको कारण सोही अनुरुपको भवन निमार्ण गरिदिनुपर्यो भने पटक पटक आवाज उठाउदै आएको स्थानियवासी लोकेन्द्र मुखियाले बताए ।
“केन्द्रको भवन निमार्णको लागि कुनै चासो देखाएन, एक बर्ष नाढीतालमा परिषद गर्नुभयो, विगत तिन बर्ष देखि आफूखुशि आफनै गाउँमा परिषद गर्दै आईरहनुभएको छ ।”– उनले भने , हामीले परिषद यहाँ गरिदिनु भन्दा भन्दै पनि प्रतिनिधिहरु बोलाएर घर घरमा म्यानिटिंग घुमाएर परिषद गरिरहनुभएको छ ।
यसपालि केन्द्र सार्नका लागि प्रतिनिधि र स्थानियको घर घरमा गएर कसैको पैसाको लोभ, कसैको टिकट, कसैको बजेट लगायत नाना थरीको प्रलोभन देखाईरहेको देखाएर बहुमत जुटाईरहेको आरोप समेत लगाए ।
शनिबार राती अबेरसम्म चलेको विशेष गाउँसभामा दुई तीहाई बहुमत नपुगेका कारण तत्काललाई गाउँपालिकाको केन्द्र सार्ने निर्णय हुन नसकेको गाउँपालिका अध्यक्ष महेन्द्र महतोले बताए ।
कुल गाउँसभा सदस्य ३९ जना मध्ये कम्तिमा २६ जना (दुईतीहाई) ले सहमति नजनाएसम्म केन्द्र सार्ने निर्णय हुन सक्दैन । स्रोतका अनुसार केन्द्र सार्ने पक्षमा २५ जना सदस्य मात्र सहभागी भएका छन् ।
‘दुईवटा वडा बाहेक ५ वटा वडाका वडाध्यक्ष सहित वडासदस्य एवं गाउँलेले पहिलादेखि नै गाउँपालिका कार्यालय सार्न मलाई दबाव दिँदै आएका छन् ।
गाउँपालिकाको हरेक निर्णयमा सर्वदलिय प्रतिनिधि बोलाएर सर्बसम्मतिका आधारमा विकास निर्माण सहित हरेक कामहरु गर्न आफूले प्रयास गरेपनि विकास विरोधी एवं राजनैतिक प्रतिशोध साँध्ने तत्वहरुको कारण केही काम हुन नसकेको अध्यक्ष महतोको गुनासो गरे ।
उनले हाल कार्यालय रहेको स्थान निकै कोल्टे परेकाले गाउँपालिका बासीलाई पायक नपरेको समेत दाबी गरे ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…