नारी दिवसको अवसरमा धनुषाधाममा रयाली
कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखा प्रमुख शाल्नी झा गरेका थिए । वोरेक नेपाल संस्थाको सहभागीता समेत रहेका थिए ।

२०७७ फागुन २४ सोमबार, बेलुकी ७:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा धनुषाधाममा रयाली निकालिएको छ ।
यस वर्षको नारी दिवसको नारा ‘महिला नेतृत्वः कोभिड–१९ सँगै समान भविष्यको प्राप्ति’ नारा सहित नारी दिवस मनाएको हो ।
धनुषाधाममा बिहान १० बजे नगरपालिकाबाट सुरु भएको र्याली बजारएरिया भरी परिक्रमा गरि नगरपालिका स्थित पुगेर समापन भएको थियो ।
कार्यक्रममा, धनुषाधाम नगरपालिका उपप्रमुख बिध्या देवि भुजेलको सभापतीमा कार्यक्रम भएको थियो । सो कार्यक्रमको आयोजना नगरपालिकाको महिला तथा बालबालिका शाखा गरेको थियो ।
र्यालीका सहभागीले ‘महिलाको कामको सम्मानः देशको निर्माण’, ‘वुमन राइट्स आर हुमन राइट्स’, ‘स्टप रेप’, ‘महिला रोकिए संसार रोकिन्छ’लगायत लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए।महिलाको सुरक्षा सम्मान र रोजगार ,समृद्व नेपालको अधार विभिन्न नाराहरु लगाएको थियो उपमेयर भुजेलले बताइन ।
महिला अधिकारकर्मीहरु र महिला उधमीहरि कालिका मिझार लगायत करिब १३ जनाको सम्मान समेत गरिएको हो।
कार्यक्रममा बिशिस्ट अतिथि प्रशासकीय अधिकृत संजित प्रसाद दास,लेखा प्रमुख प्रशान्तदेब प्रसाद यादव ,वडा नं १ का वडा अध्यक्ष बिश्वनाथ यादव ,३ का अध्यक्ष राजकिशोर साह जिल्ला समन्वय समिती सद्स्य प्रमिला सादा लगायत नगरपालिकाका महिला कर्मचारीहरु सहभागी रहेका थिए ।
कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखा प्रमुख शाल्नी झा गरेका थिए । वोरेक नेपाल संस्थाको सहभागीता समेत रहेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…