गहुँबालीमा डोजर चलाएको किसानलाई क्षतिपुर्ति दिएका छौ : मेयर साह
११ औं शताब्दीमा बनेको शिव मन्दिरको फेला परे । उत्खननको क्रममा त्यस वेला प्रयोग गरिएको इटाहरु, पूर्ण आकृतिको मन्दीर र त्यसमा शिव लिंग भेटिदा स्थानीय बासिन्दाहरु निकै उत्साहित भए ।

२०७७ फागुन २२ शनिबार, बेलुकी ५:३५ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको मौलापुर नगरपालिका स्थित गहुँबालीमा डोजर चलाउनुअघि स्थानीय किसानहरुलाई मुआब्जा दिएको दाबी गरिएको छ ।
मौलापुर स्थित आगामी फागुन २६ गतेदेखि सुरु हुने मधानी महायज्ञ गराउन नजिकै रहेको गहुँबालीमा डोजर चलाएको भन्दै विभिन्न सँचारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण गर्दै किसानहरुलाई मुआब्जा दिएरै डोजर चलाएको दाबी नगर प्रमुख रिना साहले गरेकी छन् ।
किसानहरुलाई उचित मुआब्जाको रकम दिएर मेला लगाउने तयारी पुरा गरेको विषयलाई राजनितिक प्रतिशोध लिनका लागि गलत सन्देश जनता माझ बदनाम गराउने षड्यन्त्र गरिएको मेयर साहले दाबी गरेकी छन् ।
शनिबार पत्रकार सम्मेलन गर्दै मेयर साहले केही दिन अघि शहरी बिकास मन्त्री एव क्षेत्र नम्बर ३ का सान्सद प्रभु साहको इशारामा गरिब किसानको बाली माथी डोजर चलाइएको भ्रम झुठो र मनगढ्न्ते तथ्य रहेको दाबी पनि गरेकी छन् ।
उनले सो कुरा निराधार रहेको र स्थानीय किसानलाई मुआब्जा र बिना अनुमतिको डोजर नचलाएको दाबी गरेकी हुन् । मन्त्री प्रभु साहकी श्रीमति समेत रहेकी मेयर साहले किसानलाई मुआब्जा दिएरै डोजर चलाएको भन्दै भ्रामक सन्देशको पछि नलाग्न आग्रह समेत गरेकी हुन ।
पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख साहले मेला लगाउन मन्दिर वरिपरी रहेका बासिन्दाहरुको साथै पतौरा गाउँका महिला पुरुषहरु सवैलाई राखेर २५ कठा गहुँ बालि लगाएका किसानहरुलाई प्रति कठ्ठा २५००, प्याज बाली भएको लाई प्रतिकठ्ठा ३००० र मसुरो बालीको हकमा १५ सय प्रतिकठ्ठा दिने सर्वसहमतीबाट निर्णय भएपछि परोहा नगरपालिकाबाट भाडा स्काभेटर ल्याएर सम्याउने कार्य गरेकोलाई केही विकास विरोधी तत्वहरु अतिरंजित तवरबाट प्रचार प्रसार गरेको प्रति तिव्र रुपमा मौलापुर नगरपालिका आलोचना गर्दै विकास निर्माण सहित धार्मिक कार्यहरुमा विरोधाभाष गरिदा आफनै स्थानको बदनामी हुने गरेको हुँदा त्यस्ता तत्वहरुबाट सावधान रहन बताइन।
महिला रोएर भन्द्र गरेको भिडियो भाइरल भएको प्रति पनि टिप्पणी गर्दै मेयर श्रीमती साहले श्रीमानले सम्झौता गरेर रकम लिइसके तर श्रीमतीलाई थाहा नहुँदा यत्रो काण्ड हुन पुगेको हुँदा पतौरा महादेव मन्दिर एक जनाको मात्रै नभई सिंगो रौतहटको धरोहरको रुपमा रहेको हुँदा यसमा अझै माथि उकास्न प्रदेश र संघिय सरकारको भुमिका सकारात्मक हुनुपर्नेमा जोड दिइन् ।
पत्रकार सम्मेलनमै सहभागी भएको जग्गाधनीहरु मुआब्जाको रकम लिएर गहुँ बाली काटेको स्वीकार्दै कसैको दवाव, प्रभावमा नपरी आफना स्थानको पहिचान बढाउनका निमित्त जग्गामा लगाइएको गहुँबाली हटाएको बताइन ।
खेत खनजोत गर्दा ढुंगा अकारमा फेला परेपछि तत्कालै नेपाली पुरातात्विक विद र वेलायतको पुरातात्विक विदहरुद्धारा सोध गरेपछि उत्खखन कार्य गर्दा ११ औं शताब्दीमा बनेको शिव मन्दिरको फेला परे । उत्खननको क्रममा त्यस वेला प्रयोग गरिएको इटाहरु, पूर्ण आकृतिको मन्दीर र त्यसमा शिव लिंग भेटिदा स्थानीय बासिन्दाहरु निकै उत्साहित भए ।
११ औं शताब्दीमा बनाइएको उक्त मन्दिर विभिन्न समयमा आएको भुकम्पको कारण भासिदै गएको र त्यस भित्र धेरै महत्वपूर्ण सामानहरु फेला परेको र उक्त सामानहरु पुरातात्विक विभागमा सोधको क्रममा रहेको उनले बताइन् ।
पुरातात्विक दृष्टिकोर्णबाट अति नै महत्वपूर्ण एवं दुर्लभ शिव मन्दिर मानिएको हुँदा पतौरा क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकसित गर्ने लक्ष्यका साथ यस क्षेत्रको माननिय तथा मौलापुर निवासी प्रभु साहले पहल गरेर मन्दीर सहित यस भेगमा विकासको पुर्वाधारहरु अगाडी बढाएको देखेर विपक्षिहरु विभिन्न षडयन्त्र रच्दै रचनात्मक कार्यमा विघ्नबाधा खडा गर्दै आएकोमा दुख व्यक्त गरिन ।
फागुन २७ गते महाशिवरात्रीका दिन मधानी महायज्ञ, रासलिला, शिवलिला, नेपाली कलाकार र भारतीय कलाकारद्धारा साँस्कृतिक कार्यक्रमको मार्फत पतौरालाई धार्मिक एवं पर्यटकिय नगरीको रुपमा विकसित गर्ने उद्देश्यबाट आयोजित कार्यक्रमलाई विथोल्न भ्रामक सन्देशहरु बाहिरि रहेकोले उक्त भ्रमहरुमा नपर्न स्थानीय बासिन्दा तथा देशबासी संग नगरप्रमुख साहले आग्रह गरिन ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…