हराएकी बालिका प्रहरीले केही घण्टामै खोजेर दिए
विहिबार करिब ७ः३० बजेको समयमा ती बालिकालाई फेला पारी मनिष यादवलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

२०७७ फागुन २१ शुक्रबार, बिहान ९:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । प्रदेश नम्बर २ को सर्लाहीमा एक बालक फेला पारी उनको अभिभावकलाई बुझाइएको छ ।
सर्लाहीको मलँगवा नगरपालिका वडा नम्बर ९ बस्ने मनिष यादवले प्रहरीमा दिएको निवेदनको आधारमा बालिकालाई फेला पारी उनलाई बुझाएको हो ।
अन्दाजी बर्ष ४ की कृति कुमारी यादव हराइरहेको भन्ने सूचना र निवेदनको आधारमा प्रहरीले खोजबिन गरी बालिकालाई उनको अभिभावकलाई जिम्मा लगाएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले सबै युनिटमा परिपत्र गरे लगत्तै विभिन्न ठाउँबाट निस्केको प्रहरी टोलीले सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ३ स्थितबाट बेबारिसे अवस्थामा फेला पारी अभिभावकलाई बुझाएको हो ।
विहिबार करिब ७ः३० बजेको समयमा ती बालिकालाई फेला पारी मनिष यादवलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…