सिरहाको ४ ठाउँमा भाइबरेन्टको लोकसेवा कक्षा सँचालन
मानव संसाधनको विकास जस्तो दरिलो र दिगो विकास अरू हुन नसक्ने भएकाले यसको विकासमा बढी चासो दिन आवश्यक ठानेर सरकारी सेवा तयारी कक्षा शुरु गरेको उनको भनाइ छ ।

२०७७ फागुन १८ मंगलबार, बिहान ८:०५ बजे२ मिनेट पढाइ

बिनय यादव, सिरहा । सरकारी जागीर सबैका सपना हुन्छन् । तर, पढेलेखेर पनि यसबारे जानकारी र आवश्यक ज्ञानको अभावमा शिक्षित मान्छे पनि बेरोजगार बस्न बाध्य रहन्छन् ।
सरकारी जागीरका लागि रुचि हुनेहरू पनि तयारीका लागि बाहिरै धाउनुपर्ने बाध्यता थियो । तर, पछिल्लो समय भने यसको विस्तारिकरण तीव्र छ । जसले आफ्नै ठाउँमा रही सरकारी जागीरका लागि इच्छुकहरुलाई लोकसेवाको तयारी गर्न सहज भएको छ ।
जिल्ला स्तरमै विभिन्न जिल्लाहरुमा लोकसेवा तयारी कक्षा सञ्चालन भइरहँदा सिरहा जिल्लामा पनि लोकसेवा क्लास सञ्चालनमा आएको छ । भाइबरेन्ट कोचिङ सेन्टरले सिरहाको विभिन्न चार स्थानमा एकैचोटि लोकसेवा तयारी कक्षा सञ्चालनमा ल्याएको हो ।
जिल्लाको मिर्चैया, लहान, गोलबजार र नरहा हनुमान चोक गरि चार स्थानमा कोचिङ सञ्चालन गरेको भाइबरेन्टका सञ्चालक दिपक यादवले जानकारी दिए । आफ्ना कोचिङ सेन्टरहरुमा खरिदार, नायब सुब्बा, शाखा अधिकृत, शिक्षक सेवा आयोग, कम्प्युटर अपरेटर तथा सिपाही, प्रहरी जवान, असई, इन्स्पेक्टर लगायत बैंकिङ तर्फका जागीरका लागि कक्षा सञ्चालन भइरहेको उनले बताए ।
यससँगै कक्षा ८ देखि कक्षा १२ सम्मको गणित, विज्ञान तथा लेखाको ट्युसन पनि सञ्चालनमा ल्याइएको छ । शैक्षिक बेरोजगार न्यूनीकरणको उद्देश्यले यस्तो कक्षा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सञ्चालक यादवले जनाए ।
मानव संसाधनको विकास जस्तो दरिलो र दिगो विकास अरू हुन नसक्ने भएकाले यसको विकासमा बढी चासो दिन आवश्यक ठानेर सरकारी सेवा तयारी कक्षा शुरु गरेको उनको भनाइ छ ।
सरकारी सेवामा प्रवेशका लागि दिग्गज विषय विषेशज्ञ तथा जागीरमा रही लामो अनुभव बटुलेका शिक्षकहरुबाट सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु सञ्चालन गरिरहेको यादवले बताए ।
भाइबरेन्ट कोचिङ सेन्टरमा शाखा अधिकृत श्रीदेव यादव, उपसचिव रामप्रमोद यादव, शाखा अधिकृत सुनिल पासवान, मावि शिक्षक सुरेन्द्र प्रसाद यादव, नासु संजिप यादव, नासु नवल यादव तथा एमएससी गरिसकेका रामप्रकाश यादवसहित विज्ञानमा अब्बल मानिने सञ्चालक दिपक यादव स्वयंले पनि क्लास लिइराखेका छन् ।
जिल्लाभित्रका शिक्षित युवायुवतीलाई लक्षित गरि कक्षा सञ्चालन गरिएको र यस मार्फत शैक्षिक बेरोजगारी हटेर जाने सञ्चालक यादवको विश्वास छ । उनले नेपाल सरकारका विभिन्न परीक्षामा यहाँको जनशक्ति उत्कृष्ट भई सरकारी सेवामा कार्यरत हुनका लागि सघाउ पुग्ने विश्वास लिएको बताए ।
सहभागी विद्यार्थीहरुलाई दिनभर विभिन्न सिफ्टमा कक्षा सञ्चालन थालिएको यादवले बताए । हाल जिल्लाका चार स्थानमा सञ्चालनमा रहेको यो कोचिङ सेन्टरलाई आवश्यकता अनुसार क्रमिक रुपमा विस्तार गर्दै जाने योजना रहेको पनि उनले जनाए ।
भाइबरेन्टले यससम्बन्धी विस्तृत जानकारीका लागि ९८०८७१०५६१ र ९८६९४९२९९१ नम्बर उपलब्ध गराएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…