शहिदका बालबालिकाले फ्रि पढ्न पाउने
न्यूज ब्यूरो || जनकपुरधाम, ७ फागुन । मधेस आन्दोलनको क्रममा सहादत दिएका परिवारबाट बालबालिकाहरुले निःशुल्क अध्ययन गर्न पाउने भएको छ । प्रदेश नं. २ को सन्दर्भमा नीजि विद्यालयहरुको सँगठन मधेस प्याबसनले यस्तो निर्णय गरेको हो । आज बसेको बैठकले मधेश आन्दोलनको क्रममा शहिद भएकाहरुको बालबालिकालाई निःशुल्क अध्

२०७४ फागुन ७ सोमबार, राति ८:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ७ फागुन । मधेस आन्दोलनको क्रममा सहादत दिएका परिवारबाट बालबालिकाहरुले निःशुल्क अध्ययन गर्न पाउने भएको छ ।
प्रदेश नं. २ को सन्दर्भमा नीजि विद्यालयहरुको सँगठन मधेस प्याबसनले यस्तो निर्णय गरेको हो ।
आज बसेको बैठकले मधेश आन्दोलनको क्रममा शहिद भएकाहरुको बालबालिकालाई निःशुल्क अध्यापन गराउने निर्णय गरेको छ ।
मधेश प्यावसन अन्तर्गतका कुनै पनि विद्यालयमा शहिद परिवारका ती बालबालिकाहरुले नामांकन गराई निःशुल्क अध्यन गर्न पाउने मधेश प्यावसन धनुषाका अध्यक्ष सुजित कुमार मिश्रले जानकारी दिएका छन ।
शहिदहरुको सम्मानमा मधेश प्यावसन धनुषाको बैठकबाट यो निर्णय गरिएको मधेश प्यावसन धनुषाका सचिव मो. फजले राईनले जानकारी दिएका छन ।
नव गठित मधेश प्यावसन धनुषाको पहिलो बैठकबाट नै गरिएको यो निर्णय प्रशंसनीय रहेको शिक्षाप्रेमीहरुले प्रतिक्रिया दिएका छन ।
मधेश प्यावसन धनुषामा ३५ विद्यालय आवद्ध रहेका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…