विरोध जुलुस अब 'विजयी जुलुस' मा परिणत भयो : नेता बरबरिया
बरबरियाले संविधान अनुसार राज्यका तीनवटै अङ्गबीचको शक्ति पृथकीकरण र सन्तुलन कायम गर्न फैसलाले मार्गप्रशस्त गरेको समेत बताए ।

२०७७ फागुन १२ बुधबार, बिहान ९:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटि सदस्य उदय कुमार बरबरिया (यादव) ले जनताको क्रान्तीबाट आएको ऐतिहासिक फैसलाले निरंकुशताको एक अध्याय नै समाप्त भएको जिकिर गरेका छन् ।
मँगलबार सर्वोच्च अदालतले सँदस विघटनको निर्णयलाई बदर गर्दै सँसद पुनःस्थापनाको निर्णयको स्वागत गर्दै उनले सर्वोच्चको फैसलालाई जनहितकारी र एतिहासिक भएको बताए ।
न्यूज ब्यूरोसँगको संक्षिप्त टिप्पणीको क्रममा नेता बरबरियाले न्यायलयप्रतिको सम्मान र न्यायलप्रतिको दृष्टिकोण अझै स्वच्छ भएको जिकिर गरे । उनले भने,–“सम्मानीय सर्वोच्च अदालतले गरेको फैसला न्यायलको क्षेत्रमा एक नजिर स्थापित भएको छ । असत्यमाथि सत्यको विजयी भएको बिगुल पुनः फुकिएको छ ।”
मँगलबा साँझ सर्वोच्चको फैसलापछि धनुषाको शहिदनगर नगरमा दीप प्रज्वलन गर्दै विरोध जुलुसलाई विजयी जुलुसमा परिवर्तन गरेर मनाएको टिप्पणी गरे । उनले भने,–“अदालतले प्रधानमन्त्रीको कदमलाई बदर गर्ने निर्णय गरेर अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला गरेको छ ।”

प्रधानन्यायाधीशलगायत सबै न्यायाधीशको पनि इज्जत र प्रतिष्ठा बढाएको बताउँदै नेता बरबररियाले नेपालले आम नेपाली जनताको चाहना बमोजिम संविधानको प्रावधान, मूल्य र मान्यता, त्यसको व्याख्यालाई न्यायाधीशहरूले सही ढङ्गले अगाडि सार्ने काम गरेकोे बताए ।
धनुषाको शहिदनगर नगरपालिकाका मेयर समेत रहेको नेता बरबरियाले सम्पूर्ण नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दल र जनता, मिडिया, नागरिक समाज, नागरिक आन्दोलनका अगुवाहरु धन्यवादका पात्र रहेको बताए ।
नेता बरबरियाले प्रतिनिधिसभाको पुनःस्थापनाको पक्षमा लागेका राजनीतिक दल, नागरिक समाज, पत्रकार, कानून व्यवसायी सबैलाई धन्यवाद दिँदै उनीहरुले खेलेको भूमिकाप्रति आभार व्यक्त गरे ।
बरबरियाले संविधान अनुसार राज्यका तीनवटै अङ्गबीचको शक्ति पृथकीकरण र सन्तुलन कायम गर्न फैसलाले मार्गप्रशस्त गरेको समेत बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…