सर्लाहीको त्रिभुवननगरबाट ठुलो परिमाणमा लागूऔषध बरामद
त्रिभुवननगर स्थित काली मन्दिर बोर्डर एरियामा सोमबार भारतबाट कार्टुनमा प्याक गरि टाउकोमा बोकेर ल्याउँदै गरेको लागुऔषध बोर्डर आउट पोस्ट त्रिभुवननगरको गस्ती टोलीलाई देख्ने बित्तिकै फालेर भारततर्फ भागेका थिए ।

२०७७ फागुन ५ बुधबार, बिहान ८:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा नम्बर ४ त्रिभुवननगरबाट सशस्त्र प्रहरी त्रिभुवननगर बिओपी का गस्ती टोलीले ठुलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।
सय एमएलको १२५ बोतल टोफेक्स नामक लागुऔषध बरामद भएको सशस्त्र प्रहरी १० नंम्बर गणले जनाएको छ ।
त्रिभुवननगर स्थित काली मन्दिर बोर्डर एरियामा सोमबार भारतबाट कार्टुनमा प्याक गरि टाउकोमा बोकेर ल्याउँदै गरेको लागुऔषध बोर्डर आउट पोस्ट त्रिभुवननगरको गस्ती टोलीलाई देख्ने बित्तिकै फालेर भारततर्फ भागेका थिए ।
बरामद भएको लागुऔषध आवश्यक कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…