ट्रकले ठक्कर दिँदा एक यूवकको मृत्यू !
ट्रक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको र फरार ट्रक चालकको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीको प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दए ।

२०७७ फागुन २ आइतबार, दिउँसो १२:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको लालबन्दीमा ट्रकको ठक्करबाट एक यूवकको मृत्यू भएको छ । मृत्यू हुनेमा लालबन्दी नगरपालिका वार्ड नम्बर ६ बस्ने ३५ बर्षिय संजिव कार्की रहेको प्रहरीले जनाएको छ ।
पूर्व–पश्विम लोक मार्गमा लालबन्दी नगरपालिका वडा नम्बर ७ टेक्सास अस्पताल अगाडी पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना. ४ ख. २११८ नम्बरको ट्रकमा विपरित दिशाबाट आई रहेको बा. १०प. ५०९४ नम्बरको मोटरसाईकले ट्रकमा ठोकिन जाँदा मोटरसाईकल चालक गम्भिर घाईते भएको थियो ।
गम्भीर घाईते चालकलाई उपचारको लागि लालबन्दी स्थित टेक्सास अस्पताल पठाएकोमा उपचारको क्रममा घाईतेलाई अस्पताल प्रशासनले मृत घोषना गरेको छ ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी नीरिक्षक निर्मल थापाको कमाण्डमा ५ जनाको टोली खटि गई मुचुल्ला लगायत अन्य अनुसंन्धान कार्य भई रहेको छ ।
ट्रक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको र फरार ट्रक चालकको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीको प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…