मधेश सरकारले ल्यायो WIFI सहितको 'प्रदेश परिवहन' बस सेवा
लामो रुटको बस सेवा सँचालनपछि गर्नुपर्ने व्यवस्थापनको बारेमा समेत छलफल जारी रहेको बताइएको छ ।

२०७७ फागुन १ शनिबार, बेलुकी ५:०३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारले प्रदेशभरि चल्ने वाईफाई सहितको बस सेवा सँचालनमा ल्याउने भएको छ । बस सेवा फागुन मसान्तभित्रै सँचालनमा आउने सरकारको दाबी छ ।
प्रदेश परिवहन नाम राखिएको बस सेवा जनकपुरधामदेखि प्रदेशको ८ वटै जिल्लामा सँचालन हुने भएको छ । जनकपुरधामदेखि पश्चिममा वीरगँज र पूर्वमा सप्तरीसम्म बस सेवा सँचालन गर्ने तयारी गरेको प्रदेश सरकारले गरेको हो ।
शनिबार प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री जीतेन्द्र सोनलले पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश परिवहन सम्बन्धी जानकारी गराएका हुन् । मन्त्री सोनलले फागुन महिनाभित्रै ल्याएको सबै बस सँचालनमा आउने दाबी गरे ।
विधि र प्रक्रिया पुरयाएर ल्याएको ५ वटा बसमा बस चालक (ड्राईभर) र खलासी (कन्डेक्टर) भर्ना गरी बस सेवा सँचालनमा आउने मन्त्री सोनलको कथन थियो । पत्रकार सम्मेलनमा मन्त्री सोनलले जनकपुरधामबाट ५ वटा प्रदेश परिवहन नामक बस सँचालनमा आउने छ ।

अहिले जनकपुरदेखिक २६ किलोमिटर उत्तरमा रहेको ढल्केवर स्थित एक कारखानामा थन्काइएको गेरुवा रँगको बसलाई फागुन महिनाभित्रै जसरी पनि सँचालनमा ल्याउने तयारी गरेको हो । करिब ४ महिना अघि नै किनेर ल्याएको प्रदेश परिवहन बस सेवा कर्मचारी अभावका कारण र व्यवस्थान अभावमा सँचालन हुन सकेको छैनन् ।
बस सेवा खरिको प्रक्रिया पुरयाएर भुक्तानी समेत गरिसकेको बताउँदै मन्त्री सोनलले बस सेवा सञ्चालनका लागि एउटा संचालक समितिको गठन समेत गरिने बताए । उनले सबै जिम्मेवारी सँचालक समितिको रोहबरमा हुने बताए ।
प्रदेश परिवहन सेवा सञ्चालनमा आएपछि सार्वजनिक यातायातभन्दा सरल, सुलभ, सुरक्षित र व्यवस्थित हुने मन्त्री सोनलले दावी गर्दै भाडादर भने सँचालक समिति नै तोक्ने गरी कार्य प्रक्रिया अगाडी बढाएको बताए । बसको लागि जनकपुरधामदेखि पूर्व र पश्चिमसम्म ८ वटै जिल्लामा चल्ने बसको लागि भाडादर पनि कम नै हुने बुझिएको छ । यद्यपी, अहिले भाडादर भने तोकिएको छैनन् ।
जनकपुरधामदेखि वीरगञ्ज, वीरगञ्जदेखि जनकपुरधाम र जनकपुरधामदेखि राजविराजसम्म परिवहन सेवा सञ्चालन गरिने मन्त्रालयले पत्रकार सम्मेलन मार्फत जनाएको छ । लामो रुटको बस सेवा सँचालनपछि गर्नुपर्ने व्यवस्थापनको बारेमा समेत छलफल जारी रहेको बताइएको छ ।
प्रदेश सरकारले सँचालन गर्ने प्रदेश परिवहन बसमा वाईफाई (ईन्टरनेट) सहितको सुविधा लिन सकिने छ । यात्रुहरु भने बसमा सिसिटिभीको निगरानीमा रहने जनाइएको छ । सरकारी बसभित्र हुने अवाञ्छित वा उच्छृँगल गतिविधि वा अन्य कुनै अपाच्य गतिविधिलाई सिटिटिभीले निगरानी गरिनेछ । प्रत्येक बसमा ५० वटा सिट राखिएको जनाइएको छ । जसमा अटोमेटिक ढोका पनि लगाइएको छ ।
TAGS : #प्रदेश परिवहन #pradesh_Pariwahan #Pradesh_paribahan
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…