राष्ट्रपतिमाथि गर्जे गगन– 'हिम्मत भए हामीलाई पनि राज्यद्रोहको मुद्दा लगाउ'
वाक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै काठमान्डौंमा उनको रिहाईको लागि जुलुस समेत निकालिएको हो ।

२०७७ माघ २९ बिहीबार, बेलुकी ५:३४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, विराटनगर । नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले राष्ट्रपति विद्या देवी भण्डारीलाई चुनौति दिएका छन् ।
प्रदेश नम्बर १ को राजधानी विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि उनी मँचमै तातिएको देखिए । थापा राष्ट्रपतिप्रति गर्जदै हिम्मत भए आफूहरुलाई पनि राज्यद्रोहको मुद्दा लगाएर देखाउन चुनौति दिएका छन् ।
विहिबार विराटनगरमा वर्तमान राजनैतिक अवस्था, संवैद्यानिक सँकट, यसको निकास र आजको आवश्यता सम्बन्धी विचार गोष्ठीको क्रममा बोल्दै नेत थापाल विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमा राख्न नसकेको भन्दै उनले संसद पुनर्स्थापना भएपछि घर पठाउने समेत चेतावनी दिए ।
राष्ट्रपतिका विषयमा बोलेकै भरमा रामकुमारी झाँक्रीलाई राज्यद्रोहको मुद्दा लगाउने तयारी गरेको भन्दै उनले आफूले पनि राष्ट्रपतिका विषयमा बोलेको बताए । नेपाली कांग्रेस विराटनगर महानगरसमितिको कार्यक्रममा थापाले भने, ‘राष्ट्रपति भनेको व्यक्ति होइन संस्था हो । उहाँ )विद्या भण्डारी) ले संस्थाको गरिमा राख्न सक्नुभएन । संसद् पुनर्स्थापना भएपछि राष्ट्रपतिलाई घर फिर्ता पठाउने हो ।’
‘मैले पनि राष्ट्रपतिबारे बोलेको छु, हिम्मत छ भने राजद्रोहको मुद्दा हामी सबैलाई लगाऊ, झ्यालखानाको संख्या अझै बढाऊँ’ उनले अघि भने, ‘महाराजको आदेशले छेकिएन श्रीमान, तपाईको आदेशले पनि छेकिन्न ।’
NewsBureau Nepalउनले २०६२/२०६३ को जनआन्दोलनका क्रममा आफू लगायतका विद्यार्थी नेताहरुमाथि राज्यद्रोहको मुद्दा लागेको क्षण सम्झिदै उनले राष्ट्रपतिप्रति आक्रोस पोखे । उनले हामी सबैलाई राज्यद्रोहको मुद्दा लगाउन चुनौति दिए ।
राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुरबारे अनुसन्धानका लागि भन्दै नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई बिहीबार विहान पक्राउ गरेको हो ।
झाँक्रीलाई राज्यद्रोह सम्बन्धी मुद्दा भन्दै अपराध महाशाखाले पक्राउ पूर्जी जारी गरी उनको आफनै निवासबाट महाशाखा लगिएको हो । नेपाली काँग्रेसका अन्य विभिन्न नेताहरुले समेत झाँक्री पक्राउको विरोध गरिरहेको छ ।
वाक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै काठमान्डौंमा उनको रिहाईको लागि जुलुस समेत निकालिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…