जनकपुरमा 'FOOMATO' बाट सबै होटल र रेष्टुरेन्टको समान मोबाईलबाटै अर्डर गर्न सकिने
समयको अभावमा बजार जान नसक्ने तथा अल्छी लागेर होटल वा रेष्टुरेन्टसम्म जान नसक्नेले घरमै बसी बसी आफूले चाहेको र मन परेको समान मगाउन सकिने सुविधा पाउने भएको छ ।

२०७७ माघ २६ सोमबार, बिहान १०:०५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम विकसित शहरको रुपमा गति लिँदै जाँदा डिजिटल माध्यमले पति तिव्रता लिदै गएको छ ।
सोही क्रममा जनकपुरमा अब जुनसुकै होटल वा रेष्टुरेन्टको आईटम (समान) हरु मोबाईलबाटै अर्डर गरी घरमा मगाउन सकिने भएको छ । जनकपुरमा स्थापना गरिएको फूमाटो FOOMATO अनलाईन फुड मार्केटप्लेसले मोबाईलबाट अर्डर गरेपछि घरसम्म समान पुरयाउने भएको छ ।
जनकपुरको विभिन्न स्थानमा रहेको सबै नाम चलेका होटलका परिकारहरु, रेष्टुरेन्टका परिकारहरु सहित विभिन्न सेवाहरु अनलाइनबाटै दिने भएको छ । फूमाटोका प्रबन्धक निर्देशक शिवम साहका अनुसार, जनकपुरमा भएको होटल र रेष्टुरेन्टको सबै आइटम मोबाईल फोन मार्फत नै अर्डर गरे घरसम्म होम डेलेभरी गर्ने सुविधा ल्याएको हो ।
फूमाटो अनलाईनबाट जनकपुरको प्रख्यात होटलहरुमध्ये होटल परफेक्ट प्लाज, सीताशरण, मानकी होटेल, सीता प्यालेस, होटल रामा, होटल जानकी दरबार लगायतका अन्य सबै होटलहरुको मन पर्ने आइटम मोबाईलबाट अर्डर गर्न सकिने बताइएको छ ।
यस्तै, जनकपुरमा रहेको विभिन्न चर्चित रेष्टुरेन्टहरुको पनि सबै आइटमहरु मोबाईलबाट फोन गरी वा Play Store बाट मोबाईल एप्स डाउनलोड गरी अर्डर गर्न सकिने बताइएको छ । यसका साथै, फूमाटोको वेभसाईट https://www.foomato.com बाट पनि खाता बनाएर अर्डर गर्न सकिने जनाइएको छ ।
फूमाटो अनलाईन बजारबाट पिज्जा, बर्गर, बिरयानी, छोयला (हाँस, चिकेन), फ्राई राईस, मम, चाउमिन, रोल, मन्चुरियन,चिल्ली, आईसक्रिम, पेय पदार्थ, औषधीजन्य समान, देखि लिएर पराठा, छोला, कचरी, चप, प्याजी, लिटी, सामोसा लगायत सबै प्रकारका आइटमहरुको होम डेलिभरी गर्ने भएको छ ।
समयको अभावमा बजार जान नसक्ने तथा अल्छी लागेर होटल वा रेष्टुरेन्टसम्म जान नसक्नेले घरमै बसी बसी आफूले चाहेको र मन परेको समान मगाउन सकिने सुविधा पाउने भएको छ ।
अर्डर गरेको समान ग्राहकले चाहेको बेलामा पाउन सकिने छ भने समान डेलिभरी भएपछि मात्र हातमा पैसा दिने सुविधा बनाएको हो । प्रबन्धक निर्देशक शिवम साहका अनुसार, कैय अन डेलिभरी अर्थात समान पुगेपछि र समान लिएपछि ग्राहकले पैसा दिन सक्ने छ । पहिले नै बिल तिर्न चाहने ग्राहकले मोबाइलबाटै बिल तिर्न पनि सकिने जनाइएको छ ।
जनकपुरमा पहिलो पटक फूमाटो अनलाईन मार्केटप्लेसले खाना र नास्ता सम्बन्धी सबै प्रकारको समानको होम डेलिभरी गर्ने भएको छ । जनकपुरमा रहनसहन र जीवनशैली समेतमा परिवर्तन आएसँगै फूमाटोले उत्तम सेवा दिने निर्देशक साहको कथन छ ।
मोबाईल एप डाउनलोड गर्न : https://play.google.com/store/apps/details?id=com.itsoch.foomato
वेभसाईट : https://www.foomato.com/
फोनबाट समान अर्डर गर्न : Ncell 9801670231 | 9801670232 | Ntc: 9863899338 | Smartcell: 9881266256
#Promotional_Post















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…