धनुषाः कुखुरा फार्ममा आगो लगाइदिएपछि लाखौंको चल्ला नष्ट
शुक्रबार राती करिब ११ र १२ को बीचमा कसैले आगो लगाएर भागेको फार्म सँचालक अमित कुमार मण्डलले जानकारी दिए । मण्डलका अनुसार, रातीमा आफूहरु सुतिरहँदा अचानक भएको आगलगीमा परेर सबै चल्ला नष्ट भएको हो ।

२०७७ माघ २४ शनिबार, बिहान ८:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको महेन्द्रनगर स्थित रहेको एक कुखुरा फार्ममा गएराती आगलगी हुँदा लाखौंको चल्ला जलेर नष्ट भएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर स्थित रहेको शनि फिड तथा कुखुरा सप्लायर्स प्रा.लि. मा गएराती कसैले आगो लगाइदिँदा लाखौंको चल्ला नष्ट भएको जनाइएको छ ।
शुक्रबार राती करिब ११ र १२ को बीचमा कसैले आगो लगाएर भागेको फार्म सँचालक अमित कुमार मण्डलले जानकारी दिए । मण्डलका अनुसार, रातीमा आफूहरु सुतिरहँदा अचानक भएको आगलगीमा परेर सबै चल्ला नष्ट भएको हो ।
फाराम भित्र ७ दिने २००० चल्ला राखिएको थियो । क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ४ को पश्चिमपट्टि रहेको सो फाराममा कसैले आगो लगाइदिएको अनुमान सँचालकको रहेको छ । यद्यपी, यसबारे प्रहरीले भने अहिले मुचुल्कापछि अनुसन्धानपछि मात्र भन्न सकिने जनाएको छ ।
सँचालक मण्डलका अनुसार त्यसमा रहेको चल्ला, कुखुरा सहित पोल्ट्री फार्मको सर समान र घर गरी करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको हो । अहिले ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली घटनास्थल पुगेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…