नौसय विगहा सेवा समाजद्धारा ट्रयाक्टर दुर्घटनामा मृत्यू भएका महरा परिवारलाई राहत
सो बितरण कार्यक्रममा स्थानीय प्रतिनिधि संस्थाका सद्स्य ,बिन्दल यादव, दिनेश मण्डल ,समाजसेवी अरुण मण्डल अलगायत समूहसँग आवद्ध युवाहरुको उपस्थित रहेको थियो ।

२०७७ माघ २१ बुधबार, बिहान ९:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम। धनुषाको कमला नगरपालिकामा नौसय विग्हा समाज सहयोग युवा समूहद्वारा राहत सहयोग गरिएको छ ।
धनुषा जिल्लाको कमला नगरपालिका वडा नम्बर हथमुन्डा टोल बस्ने विना देवी सदालाई मलेसिया ,साउदी ,कतार, कोरिया, भारतमा काम गर्ने स्थानीय युवाहरुको समूहले खाद्यान्न, लुगा कपडा र पशु सहयोग गरेका छन ।
यसका साथै, नौसय विग्हा समाज सहयोग युवा समूहद्वारा धनुषा जिल्ला विदेह नगरपालिका वडा नम्बर ३ गोबराहीमा ट्रयाक्टर दुर्घटनामा परी मृत्यू भएका विनोद महराको परिवारलाई पनि सहयोग गरेको हो ।
महराको परिवारले समाजिक संजाल मार्फत सहयोगको लागि अपिल पनि गरेका थिए । मृतक महराको घरमा श्रीमती र २ बर्ष को र अर्को ५ बर्ष बर्षको दुई बच्चा छन भने ५महिनाको बच्चा गर्भमा रहेको छ।
नौसयविघा युवा समाज समूहका पदाधिकारीहरुले जानकारी पाएपछि उनको परिवारलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । “सेवा र सहयोग नै मानब धर्म हो, बाच्नु कुनै महत्त्वपूर्ण कुरा हैन तर बाचेर पनि अरुलाई बचाउनु त्यो नै सबै भन्दा महत्त्वपूर्ण कुरा हो”– संस्थाका अध्यक्ष बिजय मण्डलले बताए ।
सो बितरण कार्यक्रममा स्थानीय प्रतिनिधि संस्थाका सद्स्य ,बिन्दल यादव, दिनेश मण्डल ,समाजसेवी अरुण मण्डल अलगायत समूहसँग आवद्ध युवाहरुको उपस्थित रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…