मुख्यमन्त्री राउत सहित दुई मन्त्री ३ भाषामा सपथ (भिडियो सहित)
न्यूज ब्यूरो || जनकपुरधाम, ३ फागुन । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत सहित दुई मन्त्रीले ३ भाषामा सपथ ग्रहण गरेका छन् । आज जनकपुरमा प्रदेश प्रमुख कार्यालय रहेको जनकपुर चुरोट कारखाना मैदानमा भएको सपथ समारोहमा मुख्यमन्त्री मो. राउतले भोजपुरी भाषामा सपथ ग्रहण गरेका छन् । यसका साथै गठन गरिए

२०७४ फागुन ३ बिहीबार, बेलुकी ५:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ३ फागुन । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत सहित दुई मन्त्रीले ३ भाषामा सपथ ग्रहण गरेका छन् ।
आज जनकपुरमा प्रदेश प्रमुख कार्यालय रहेको जनकपुर चुरोट कारखाना मैदानमा भएको सपथ समारोहमा मुख्यमन्त्री मो. राउतले भोजपुरी भाषामा सपथ ग्रहण गरेका छन् ।
यसका साथै गठन गरिएको सानो मन्त्री मण्डलमा राजपाबाट जीतेन्द्र सोनलले भौतिक योजना तथा पूर्वाधार मन्त्री मन्त्रीको पद तथा गोपनियताको सपथ मैथली र हिन्दीमा लिएका हुन ।
भिडियो
सोनलले सपथ मैथिलीमा सुरु गरेपनि केही क्षणपछि हिन्दी भाषा प्रयोग गरेका थिए ।
यस्तै, नव नियुक्त मन्त्रीमण्डलको आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले मैथिली भाषामा सपथ लिएका हुन । ।
प्रदेश नं. २ मा हिन्दी भाषाको विरोध जारी रहेको बेला मन्त्री मण्डलले हिन्दीमा सपथ लिएका हुन् ।
यसअघि मुख्यमन्त्रीले प्रदेश सभा बैठकमा हिन्दीमा बोलेपनि आज सपथ ग्रहण कार्यक्रममा भोजपुरी भाषा प्रयोग गरेको हो ।
यसअघि हिन्दी भाषाको विरोध भएपछि पर्सा जिल्लाबाट निर्वाचित मुख्यमन्त्री मो. राउत आफ्नै भाषामा सपथ लिएका हुन ।
मन्त्रीमण्डल यस्तो
मो. लालबाबु राउत गद्दि : मुख्यमन्त्री
जीतेन्द्र सोनल : भौतिक योजना तथा पूर्वाधार मन्त्री
विजय यादव : आर्थिक मामिला तथा योजना मन्त्री
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…