गतिरोध अन्त्यका लागि निर्वाचन उपयुक्त विकल्प :मन्त्री श्रेष्ठ
नेकपाभित्रकै केही नेताहरुको स्वार्थका कारण मुलुक अनिर्णयको बन्दी बनेको आरोप लगाउदै उनले प्रधानमन्त्री ओलीमाथि लगाइएका आरोप कपोकल्पित रहेको दाबी गरे ।

२०७७ माघ १७ शनिबार, बेलुकी ५:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । कानून न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मुलुकमा उत्पन्न गतिरोध अन्त्यका लागि निर्वाचन एक मात्र उपयुक्त विकल्प भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको सिरहा जिल्ला भेलालाई सम्बोधन गर्दै उनले मुलुकमा देखापरेका गतिरोधलाई संसद् पुनःस्थापनाले पनि निकास दिन नसक्ने भएकाले निर्वाचन नै उपयुक्त विकल्प भएको बताए ।
मन्त्री श्रेष्ठले जननिर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि उत्पन्न भएको अहिलेको परिस्थितिलाई निर्वाचनले हल दिनसक्ने भएकाले ताजा जनादेशमा जान सबै राजनीतिक शक्तिहरु तयार हुनुपर्ने बताए ।
सरकार निर्धारित समयमै निर्वाचन गराएर मुलुकलाई निकास दिन तयार रहेको उल्लेख गर्नुहुँदै उहाँले सडक आन्दोलनबाट मुलुकले निकास नपाउने भएकाले निर्वाचनमा जुट्न दलहरुसँग आग्रह गरे ।
नेकपाभित्रकै केही नेताहरुको स्वार्थका कारण मुलुक अनिर्णयको बन्दी बनेको आरोप लगाउदै उनले प्रधानमन्त्री ओलीमाथि लगाइएका आरोप कपोकल्पित रहेको दाबी गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…