जनकपुरका मुसहर समुदायलाई 'माण्डवी' को न्यानो
मुसहर बस्तीमा शितलहर र चिसोका कारण रातभरी सुत्न नसकेको भनेर समाचार सँचार माध्यमहरुमा आएपछि माण्डवी सँस्थाकी अध्यक्ष एवम् समाजसेवी तथा नेतृ अन्जु झाले चासो लिँदै ५० थान न्यानो सिरक पठाएको जनाइएको छ ।

२०७७ माघ १६ शुक्रबार, बेलुकी ७:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर स्थित रहेको मुसहर वस्तीमा समाजिक सँस्था माण्डवीले न्यानो विरतण गरेको छ ।
समाजिक सँस्था माण्डवीले जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ मुजेलिया स्थित ५० घर परिवारलाई न्यानो सिरक वितरण गरेको हो । यसअघि पनि निरन्तर समाजिक कार्यमा सक्रिय रहेको माण्डवीले गरिब, विपन्न, सीमान्तकृत समुदायलाई लक्षित गरी निरन्तर राहत उपलब्ध गराउँदै आएकोमा शुक्रबार जनकपुरमा न्यानो बाँडेको हो ।
वडा नं. १४ का वडाध्यक्ष पुन्य प्रताप यादवको अध्यक्षता तथा धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्धु प्रसाद वास्तोलाको प्रमुख आतिथ्यमा राहत वितरण कार्यक्रमको आयोजना गरी माण्डवीका पदाधिकारीहरुले ५० थान सिरक वितरण गरेको हो ।

मुसहर बस्तीमा शितलहर र चिसोका कारण रातभरी सुत्न नसकेको भनेर समाचार सँचार माध्यमहरुमा आएपछि माण्डवी सँस्थाकी अध्यक्ष एवम् समाजसेवी तथा नेतृ अन्जु झाले चासो लिँदै ५० थान न्यानो सिरक पठाएको जनाइएको छ ।
झा आफैं व्यस्तताको कारण उपस्थित हुन नसकेपछि माण्डवीको कार्यक्रम सँचालक र अन्य स्वयँसेवकको पहलमा ५० मुसहर समुदायको घर परिवारलाई राहत दिएको हो । माण्डवी धनुषाका धर्मेन्द्र शर्मा सहितको टोलीले स्थलगत नीरिक्षण गरी अति आवश्यकको सूचि तयार पारेका थिए ।

राहतको लागि सिडिओ वास्तोलासँग समन्वय गरी विधिवत रुपमा न्यानो बाँडिएको हो । सिरक वितरण कार्यक्रममा धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभट, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक नरेन्द्र सेन, वडासदस्य उपेन्द्र कुमार साह, महिला दलित सदस्य शिवो देवी सदा, सँचारकर्मी दिपक मिश्र, गोविन्द महतो लगायत माण्डवीका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…