धनुषाधाम नगरपालिकामा सर्पदंश केन्द्र संचालन हुँदै
धनुषाधाम नगरपालिका वार्ड नं ९ भिमान ब्यारेक अगाडि जग्गा नगरपालिकाको आफ्नो जग्गा नगरपालिकाको नगरस्तरीय योजना बाट ५० लाख रकम छुटयाए भवन निर्माण गरिएको सर्पदंश केन्द्र संचालक समिती अध्यक्ष लक्षमिनारायण मण्डले जानकारी दिए ।

२०७७ माघ १४ बुधबार, राति ८:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो,जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ स्थित ब्यारेकको अगाडी संर्प दंशकेन्द्रको तयारी अन्तिम चरणमा पुगेको छ ।
तराई–मधेसको विभिन्न क्षेत्रमा विभिन्न प्रजातिका विषालु सर्पहरु टोकेपछि समयमा उपचार नपाउँदा ज्यान जाने गरेको भन्दै धनुषाधाममै सर्पदंश उपचार केन्द्र सँचालनमा ल्याउन लागेको हो ।
त्यस नगरपालिकाबाट नेपाली सेनासंग समन्वय गरि आगामी फागुन मसान्तभित्रै संचालन गरिने र त्यो पनि सुविधायुक्त सर्पदंश केन्द्र संचालन हुने नगरपालिकाका मेयर बालेश्वर मण्डलले बताएका छ्न ।
धनुषाधाम नगरपालिका वार्ड नं ९ भिमान ब्यारेक अगाडि जग्गा नगरपालिकाको आफ्नो जग्गा नगरपालिकाको नगरस्तरीय योजना बाट ५० लाख रकम छुटयाए भवन निर्माण गरिएको सर्पदंश केन्द्र संचालक समिती अध्यक्ष लक्षमिनारायण मण्डले जानकारी दिए ।
सर्पदंश केन्द्र निर्माण सहित सँचालनमा आएपछि अकालमै ज्यान जानेबाट जोगिने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…