सेन्ट्रल फाईनान्सको १४ औं शाखा जनकपुरमा
कम्पनीले छिट्टै सुनसरीको इटहरी, झापाको विर्तामोड र पर्साको वीरगञ्जमा समेत शाखा विस्तारको तयारी गरिरहेको सेन्ट्रल फाईनान्स लिमिटेड जनकपुरधामका शाखा प्रमुख दिलिप कुमार यादवले जानकारी दिए ।

२०७७ माघ १२ सोमबार, बिहान ८:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सेन्ट्रल फाईनान्स लिमिटेडले आफ्नो शाखा विस्तार गर्दै १४ औं शाखाको रुपमा जनकपुरधाममा विस्तार गरेको छ । कम्पनीले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा शाखा विस्तार गरी कारोबार सुरु गरेको हो ।
प्रदेश २ का बासिन्दालाई गुणस्तरीय बैंकिङ सेवामा सहज पहुँच पुग्ने गरी जनकपुरमा शाखा विस्तार गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठले जानकारी दिए । उनले कम्पनीले प्रदेश २ लाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको समेत जानकारी दिए ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साहको प्रमुख आतिथ्यमा आयोजित उदघाटन कार्यक्रममा अध्यक्ष साहले जनकपुरधाममा बैंक तथा वित्तिय संस्थाहरुको संख्या दैनिकरुपमा थपिंदै गएकोप्रति खुशी व्यक्त गरे ।
उनले यसबाट व्यवसायीका साथै सर्वसाधारण जनता समेत लाभान्वित हुने बताए । बैंक तथा वित्तिय संस्थाहरुले जनकपुरधामको आर्थिक विकासमा टेवा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनले बताए ।
ललितपुरको कुपण्डोलमा केन्द्रिय कार्यालय रहेको कम्पनीको हाल काठमाण्डौको चावहिल, नारायणगढको शहीदचोक, बुटवलको मिलनचोक, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान र डकाहा, काठमाण्डौको गोंगबु गणेशस्थान, सर्लाहीको लालबन्दीललगायत देशभरमा १४ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । त्यस्तै भक्तपुरको सल्लाघारीमा एउटा एक्सटेन्सन काउन्टर समेत सञ्चालनमा रहेको छ ।
कम्पनीले छिट्टै सुनसरीको इटहरी, झापाको विर्तामोड र पर्साको वीरगञ्जमा समेत शाखा विस्तारको तयारी गरिरहेको सेन्ट्रल फाईनान्स लिमिटेड जनकपुरधामका शाखा प्रमुख दिलिप कुमार यादवले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…