आफ्नै बुवालाई ४ छोराहरुले छाडेर भागे, चिसोले कठयाँग्रीएपछि उद्धार
“घरमा हुँदाखेरी चिया पनि दिँदैन, खान पनि दिँदैन, मलाई चारै मध्ये कसैले वास्ता गरेन, महिला छोरा रामदयालले मलाई भगाइदिए ।”

२०७७ माघ ११ आइतबार, बेलुकी ७:४१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भन्छन्, आकाशभन्दा पनि ठुलो बुवा हुन्छन् , तर धनुषामा एक वृद्धलाई उनका आफ्नै छोराहरुले मन्दिरमा छाडेर भागेका छन् ।
धनुषाको कमला नगरपालिका वडा नं. १ मँगराहा बस्ने अन्दाजी बर्ष ८२ का वृद्ध सिलबा ठाकुरलाई उनका आफ्नै छोराहरुले घरबाट ल्याएर मन्दिरमा छाडेर भागेको बताएका छन् । सिलबा ठाकुरको ४ छोराहरु छन् ।
आईतबार साँझ जानकी मन्दिरकै प्राँगनमा रहेको लक्ष्मण मन्दिरमा चिसोले कठयाँग्रिदै गर्दा मन्दिरमै बस्ने एक युवकले देखेपछि उनलाई उद्धार गरेको थियो । सिलबाका अनुसार, छोराहरुले घरमा बस्न नदिएको एक भिडियोमा बताएका छन् ।
घरमा हुँदाखेरी उनलाई खान पनि नदिएको भन्दै सिलबा ठाकुरले घर छाडेर निस्कन बाध्य भएको बताएका छन् । उनका ४ छोरा जेठा रामबाबू ठाकुर, महिला छोरा राम दयाल ठाकुर, रामचन्द्र ठाकुर र कान्छो छोरा रामलखन ठाकुरमध्ये कोही पनि घरमा बस्न नदिएको आरोप वृद्धको छ ।
उनले भनेका छन्–“घरमा हुँदाखेरी चिया पनि दिँदैन, खान पनि दिँदैन, मलाई चारै मध्ये कसैले वास्ता गरेन, महिला छोरा रामदयालले मलाई भगाइदिए ।” सिलबाले एक भिडियोमा भनेका छन् । उनी पीडा र दुःख सहन नसकेर घरबाट भागेको पनि बताएका छन् ।
सिलबा ठाकुरको ४ छोरामध्ये २ जना छोरा शहिदनगर नगरपालिका वडा नं. ८ नाथपट्टि बसाई सराई गरी बस्दै आएको कमला नगरपालिका वडा नं. १ का वडाध्यक्ष राजकुमार यादवले बताए । उनका अनुसार, यसअघि पनि उनका छोराहरुले उनलाई राख्न मानेका थिएनन् ।
काठमान्डौंमा विराएर विरामी पर्दा उनका छोराहरुलाई ल्याउन भन्दा चारै मध्ये कसैले पनि आफ्नै बुवालाई ल्याउन मानेका थिएनन्, त्यसपछि वडाध्यक्ष यादवले दबाब दिएपछि रामदयाल ठाकुरले उनलाई ल्याएपनि घरमा बस्न दिने मानसिकतामा नदेखिएको उनले बताए ।
समाजिक सँजालमा वृद्ध ठाकुरको भिडियो सार्वजनिक भएपछि कमला नगरपालिकाका युवाहरुले चासो लिएका छन् । जानकी मन्दिर प्राँगनमै रहेको लक्ष्मण मन्दिरमा कठयाँग्रिएको देखेपछि जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ बस्ने शिवराम मण्डलले उनलाई उद्धार गरेका थिए ।
अत्यधिक चिसोका कारण कठयाँग्रिएर थर थर कामेको देखेपछि उनलाई मन्दिरमा लगेर मोटो कपडा बेरेका थिए । उनले स्थानीय जनप्रतिनीधिसँग उनलाई घरमा राख्नको लागि पहल गरिदिन आग्रह समेत गरेका छन् भने छोराहरुप्रति आक्रोस पोखेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…