टिनको बाकसबाट सुरु भएको सहकारीलाई १७ बर्षमा दुईतल्ले भवन बनायौं : उपाध्यक्ष कार्की
दुईतल्ले भवनको उदघाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अयोधी दास, सहकारीका पदाधिकारी, सदस्य तथा स्थानीयहरुको मोटो उपस्थिति रहेको थियो ।

२०७७ माघ ११ आइतबार, बिहान ९:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाको खजुरी चन्हा स्थित रहेको श्री लक्ष्मीनारायण बहुउदेश्यीय सहकारी सँस्था लिमिटेडकी सँस्थापक सदस्य भारती कार्कीले सहकारी भवनको दुई तल्ले भवन बनाउन पाउँदा भावुक भइन् ।
घर र जमिन नभएको अवस्थामा १७ बर्षअघि टिनको डब्बाबाट सुरु गरिएको सहकारीलाई अहिले दुई तल्ले भवन बनाइएको छ । शनिबार सम्पन्न १७ औं वार्षिक साधारण सभामा बोल्दै कार्कीले आफू १७ बर्षदेखि सहकारीलाई सिँचेको बताइन् ।
जनकनन्दिनी गाउँपालिकाकी उपाध्यक्ष समेत रहेकी कार्कीले सुरुमा टिनको डब्बा राखेर सहकारी सँस्था सुरु गरिएको सुनाइन् । उनले सुरुमा १५ जना सदस्यबाट सुरु गरिएको सहकारीमा अहिले करिब ८ सय सदस्यहरु रहेको बताइन् ।
सँस्थापक सदस्य देखि लिएर उपाध्यक्षसम्म बनेकी कार्कीले गाउँपालिका उपाध्यक्ष हुँदा सहकारीको दुई तल्ले भवनको उदघाटनसम्म गरिदिएकी हुन् । आम किसान र सर्वसाधारणहरुको लागि बचतको सहयात्री बनेर विगत १७ बर्षदेखि सेवा दिएको लक्ष्मीनारायण बहुउदेश्यीय सहकारी सँस्थाको स्थापना वि.सं. २०६० सालमा गरिएको थियो ।
सहकारीका संचालक समितीको अध्यक्ष रामेश्वर गुप्ताको अध्यक्षता तथा गाउँपालिका प्रमुख अब्दुल बारिक शेखको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो साधारण सभाको क्रममा गाँपा अध्यक्ष शेखले उपाध्यक्ष कार्कीको लगनशिलता र अथक प्रयासको प्रशंसा गरे ।
दुईतल्ले भवनको उदघाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अयोधी दास, सहकारीका पदाधिकारी, सदस्य तथा स्थानीयहरुको मोटो उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…