जनकपुरको लागि २ अर्बको परियोजनामा हस्ताक्षर हुँदै
न्यूज ब्यूरो || जनकपुरधाम, ३ फागुन । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरको लागि सरकारले २ अर्ब रुपैयाँको विकास परियोजना ल्याउने भएको छ । अस्थायी राजधानी तोकिए लगत्तै प्रथम पटक जनकपुरको विभिन्न विकास योजनामा हस्ताक्षर हुँदैछ । नेपाल सरकारको सह लगानी आयोजना अन्तर्गत जनकपुरको ढल विकास आयोजनाको लागि

२०७४ फागुन ३ बिहीबार, बिहान १०:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ३ फागुन । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरको लागि सरकारले २ अर्ब रुपैयाँको विकास परियोजना ल्याउने भएको छ ।
अस्थायी राजधानी तोकिए लगत्तै प्रथम पटक जनकपुरको विभिन्न विकास योजनामा हस्ताक्षर हुँदैछ ।
नेपाल सरकारको सह लगानी आयोजना अन्तर्गत जनकपुरको ढल विकास आयोजनाको लागि झण्डै डेढ अर्ब रूपैयांको सहयोग सम्बन्धी परिपत्रमा हस्ताक्षर हुने जानकारी छ ।
साथै जनकपुरको सर सफाई तथा पोखरी प्रबर्धनका लागि ५० करोड़ रूपैयां छुट्टाईएको छ।
आज नै सिंहदरबारमा एक कार्यक्रम बीच नेपाल सरकार र जनकपुर उप महानगरपालिकाका मेयर बीच एमओयूमा हस्ताक्षर हुने जनाइएको छ ।
यस सम्पूर्ण रकमको उपलब्ध गराईने छ भने १५५ रकम नगर विकास कोषबाट प्रदान गरिनेछ। बांकी रकम नेपाल सरकारबाट उपलब्ध गराईने छ।
परियोजनामा हस्ताक्षर भने धनुषा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य राजेन्द्र महतो को पहलमा हुने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…