जनकनन्दिनीका एक वडाध्यक्ष रहेनन्, एक दिने सार्वजनिक विदा !
गाउँपालिकाकी उपाध्यक्ष भारती कार्कीका अनुसार, उनलाई विगत दुई दिनदेखि उपचार भइरहेको थियो । श्रीमति सहित १ छोरा र ५ छोरी रहेको वडाध्यक्ष पाठकको ६० वर्षको उमेरमा मृत्यू भएको जनाइएको छ ।

२०७७ माघ ९ शुक्रबार, बिहान १०:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषाका एक वडाध्यक्षको मृत्यू भएको छ । उनको उपचारको क्रममा मृत्यू भएको हो ।
धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष भोगेन्द्र पाठकको आज (शुक्रबार) बिहान मृत्यू भएको गाउँपालिका अध्यक्ष अब्दुल बारिक शेषका निकटत मनोज यादवले जानकारी दिए ।
शुक्रबार बिहान करिब २ः०० बजेको समयमा उपचारको क्रममा मृत्यू भएको जनाइएको छ । उनको भारत विहारको मधुवनी स्थित एक अस्पतालमा उपचार भइरहेको थियो ।
गत बुधबार वडा कार्यालयमा सकुशल उपस्थित भएका पाठक काम गर्दा गर्दै काम्न थालेका थिए । शरिरमा कम्पन भएपछि उनलाई तत्कालै उपचारको लागि लगिएको थियो । वडा नं. २ को बल्हा बस्ने वडाध्यक्ष पाठक कोरोनाको महामारी समयमा आरडीटि पोजिटिभ देखिएका थिए भने त्यसपश्चात पूर्ण रुपमा स्वस्थ्य थिए ।
गाउँपालिकाकी उपाध्यक्ष भारती कार्कीका अनुसार, उनलाई विगत दुई दिनदेखि उपचार भइरहेको थियो । श्रीमति सहित १ छोरा र ५ छोरी रहेको वडाध्यक्ष पाठकको ६० वर्षको उमेरमा मृत्यू भएको जनाइएको छ ।
वडाध्यक्ष पाठक स्थानीय तहको चुनावमा नेपाली काँग्रेस पार्टीबाट निर्वाचित भएका थिए ।
पाठकको निधनपछि जनकनन्दिनी गाउँपालिकाको कार्यालयले एक दिने सार्वजनिक विदाको घोषणा गरेको छ । गाउँपालिकाको एक जनप्रतिनीधि बितेपछि श्रद्धाञ्जली स्वरुप गाउँपालिकामा सार्वजनिक विदा दिइएको हो ।
शुक्रबार गाउँपालिका भित्रको सबै सार्वजनिक अड्डाहरु सहित समुदायिक विद्यालय समेत विदा गरिएको यादले जानकारी दिए । उनलाई नेपाली काँग्रेसको झण्डा ओढाएर बल्हामै अन्तिम सँस्कार गरिने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…