शहिदनगर वडा नं. ६ मा ६० लाखको लागतमा वडा भवन बन्दै
सो क्रममा जिल्ला समन्वय समितिका उपसभापति दिपक झा र अधिकृत रामकिशोर महतोको विशिष्ट आतिथ्य रहेको थियो । भूमिपूजन गरी सँयुक्त रुपमा सो भवनको लागि शिलान्यास गरिएको हो ।

२०७७ माघ ६ मंगलबार, बेलुकी ७:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको एक वडा कार्यालयको शिलान्यास गरिएको छ ।
शहिदनगर नगरपालिका वडा नम्बर ६ हडबाराको वडा भवनको शिलान्यास मँगलबार एक कार्यक्रमबीच गरिएको हो । जिल्ला समन्वय समितिका सभापति रामदेव बनरैत यादवको प्रमुख आतिथ्यमा शिलान्यास गरिएको हो ।
६० लाख रुपैयाँको लागत सो वडा भवन निर्माण हुन लागेको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया(यादव) ले बताए । उनले आम नागरिकको कार्य सँचालनमा सहजता प्रदानको लागि आफ्नै वडा भवन निर्माण गर्न लागिएको बताए ।
सो क्रममा जिल्ला समन्वय समितिका उपसभापति दिपक झा र अधिकृत रामकिशोर महतोको विशिष्ट आतिथ्य रहेको थियो । भूमिपूजन गरी सँयुक्त रुपमा सो भवनको लागि शिलान्यास गरिएको हो ।

वडा नं. ६ का वडाध्यक्ष रामएकवाल मण्डलको अध्यक्षतामा भएको सो शिलान्यास कार्यक्रममा वडा नं. ८ का वडाअध्यक्ष तनुकलाल यादव , वडा सदस्य बिरेन्द्र मण्डल , मावि हडबाराका प्रधानाध्यापक श्रीकृष्ण भिनवार , समाजसेबीहरु सुरेन्द्र राय यादव, रुपेश बिराजी, हेमशंकर भण्डारी , सुरज मण्डल , रामचन्द्र मण्डल , महाबीर मण्डल , बिजय मण्डल , वडा सचिब राजकुमार यादव लगायत स्थानीय बुद्धिजीवीहरुको उपस्थितिमा शिलान्यास गरिएको हो ।
शहिदनगर नगरपालिकामा विकास निर्माणका कार्यहरुलाई चालु आर्थिक वर्षको लागि तिब्रता दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…