मधेसी युवा एकता समाज र सनराइज युथ सिरहा संजालद्वारा राहत
मधेसी युवा एकता समाज सेवाका अन्तर्राष्ट्रिय बोर्ड अध्यक्ष राम बाबु यादव , अन्तर्राष्ट्रिय कोषाध्यक्ष शम्भु कुमार अधिकारी यादव, सदस्य मनोज कुमार यादव संजय कुमार यादव, रंजित कुमार साह र संजय कुमार यादव सहित सँजालको तर्फबाट सँजालकी अध्यक्ष शोभा कुमारी साह, उपाध्यक्ष पारश चौधरी, पंकज साह लगायतका व्यक्तिहरुको उपस्थितिमा राहत प्रदान गरिएको हो ।

२०७७ माघ १ बिहीबार, दिउँसो ४:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । समाजिक सँस्था मधेशी युवा एकता समाज सेवा र स्थानीय क्लब सनराईज युथ सिरहा सँजालद्धारा विपन्नलाई राहत प्रदान गरिएको छ ।
बुधबार दुवै सँस्थाले सँयुक्त रुपमा सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर ७ मा ६० घर परिवारलाई राहत दिएको हो । त्यहाँको धरमपुर टोलका दलित बस्तिमा ६० घर परिवारलाई न्यानो लुगा र ब्लैन्केट तथा कम्बल वितरण गरिएको हो ।
वडाध्यक्ष जगत प्रशाद श्रेष्ठ तथा नगरपालिका प्रमुख सल्लाहकार कृष्ण बहादुर लामाको विशेष रोहबरमा मधेशी युवा एकता समाज सेवा र सनराइन युथ सँजालद्धारा सँयुक्त रुपमा राहत दिइएको हो ।
मधेसी युवा एकता समाज सेवाका अन्तर्राष्ट्रिय बोर्ड अध्यक्ष राम बाबु यादव , अन्तर्राष्ट्रिय कोषाध्यक्ष शम्भु कुमार अधिकारी यादव, सदस्य मनोज कुमार यादव संजय कुमार यादव, रंजित कुमार साह र संजय कुमार यादव सहित सँजालको तर्फबाट सँजालकी अध्यक्ष शोभा कुमारी साह, उपाध्यक्ष पारश चौधरी, पंकज साह लगायतका व्यक्तिहरुको उपस्थितिमा राहत प्रदान गरिएको हो ।
मधेसी युवा एकता समाज सेवा र सनराइज युथ सिरहा संजालद्वारा यसअघि पनि यस्ता कार्यक्रमहरु गर्दै आइरहेका मधेसी युवा एकता समाज सेवा दुबैका अध्यक्ष दिपेन्द्र पजियारले जानकारी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…