मिथिलाको 'महाकुम्भ' १५ दिने माध्यमिकी परिक्रमा आरम्भ
नेपाल-भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सदभावका प्रतीक

२०७४ फागुन २ बुधबार, दिउँसो १२:५५ बजे१ मिनेट पढाइ
नेपाल-भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सदभावका प्रतीक

२०७४ फागुन २ बुधबार, दिउँसो १२:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो
जनकपुरधाम, २ फागुन । मिथिलाको महाकुम्भ मानिने ऐतिहासिक १५ दिने धार्मिक माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ ।
फागुन कृष्णपक्षको औासीमा कचुरी मठबाट भगवान राम र जानकीको डोला सहित परिक्रमा सुरु भएको हो ।
आज (बुधबार) राति धनुषाको हुनमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालुहरु भोली विहिवार विहान पुजापाठ गरी भारत बिहारको कल्याणेश्वर प्रस्थान गर्नेछन् ।
फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिलाबिहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकीमन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवतरुपमा शुरुवातहुने परम्परा रहेकोे रत्नसागर मन्दिरका महन्थ वैकुण्ठ दास वैष्णब बताउँछन् ।
श्रद्धालु भक्तजनहरुले नेपाली भू-भागको ९० किलोमिटर र भारतको ३० किलोमिटर दुरी परिक्रमा गर्ने परम्परा छ ।
नेपाल-भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सदभावका प्रतीक बनेको परिक्रमायात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छ ।
सोहीक्रममा धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फुलहर हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्वरुकुण्ड हुंदै परिक्रमा कञ्चनवन पुग्छ ।
कञ्चनवनमा अग्निकुण्डाको आयोजनमा परिक्रमामा सहभागीहरुले एक आपसमा होली खेलेपछि औपचारिक रुपमा होलीको शूरुवात भएको मानिन्छ ।
त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौलहुँदै पुनः कल्याणेश्वरबाट जनकपुर र्फकेर विश्राम गर्छन् ।
फागुन पुणिर्माका दिन परिक्रमावासीहरु जनकपुरको परिक्रमा अर्थात अन्तगृही परिक्रमा पुरा गरेर घर र्फकने गर्छन् ।
परिक्रमाको धार्मिक लस्करमा नेपाल भारत सहितका लाखौँ श्रद्धालुको सहभागिता रहेको गरेकोले मिथिलाको महाकुम्भ भनेर प्रसिद्ध छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


प्रमुख समाचार

प्रमुख समाचार

प्रमुख समाचार

प्रमुख समाचार
४ मिनेट अगाडि
धनुषाः खजुरीको काली मन्दिरमा 'सुजित सर' को १२ दिने 'निर्जल तपस्या', दशमीसम्म ध्यानमै रहने५१ मिनेट अगाडि
कमाण्ड सम्हालेको एक सातामै सशस्त्रका ईन्सपेक्टर अजय ठाकुरको टोलीद्वारा ५७० किलो गाँजा बरामद१ घण्टा अगाडि
दसैँको रौनकसँगै गायिका रश्मी रानीको नयाँ मैथिली गीत ‘झिझिया खेलबै हे सखी’ सार्वजनिक२ घण्टा अगाडि
जनकपुरमा हत्या आरोपी गुण्डासँग टिकटक बनाएका सशस्त्रका जवान मण्डल पनि तानिए१२ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम१ दिन अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामदअसोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…