ओलीको विरोधमा भोली हँसपुरबाट मास निकालिने
नगरपालिकाका मेयर रामज्ञान मण्डलले भोली हुने वृहत विरोध कार्यक्रमको लागि जनता समाजवादी पार्टी समर्थकहरुले मोटो सँख्यामा मास निकाल्ने तयारी गरिएको बताए । उनले विरोधसभाको पूर्वसँध्यामा नगरपालिकाको विभिन्न वडामा गएर भेटघाट तीव्र पारिएको बताएका छन् ।

२०७७ पुस २६ आइतबार, बेलुकी ७:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले सँसद विघटन गरेपछि त्यसको विरोध गर्न सोमबार जनता समाजवादी पार्टीले वृहत विरोध कार्यक्रम गर्ने भएको छ ।
त्यसको लागि पूर्व तयारी समेत गरिएको छ । देशको विभिन्न जिल्लामा जसपाले वृहत विरोध कार्यक्रम गरिने भएको छ । जनकपुरको लागि रेल्वे स्टेशनमा आयोजना गरिएको विरोध कार्यक्रमको लागि धनुषाको हँसपुरबाट मास निकालिने तयारी गरिएको छ ।
नगरपालिकाका मेयर रामज्ञान मण्डलले भोली हुने वृहत विरोध कार्यक्रमको लागि जनता समाजवादी पार्टी समर्थकहरुले मोटो सँख्यामा मास निकाल्ने तयारी गरिएको बताए । उनले विरोधसभाको पूर्वसँध्यामा नगरपालिकाको विभिन्न वडामा गएर भेटघाट तीव्र पारिएको बताएका छन् ।
सोमबार देशको विभिन्न जिल्लामा जसपाले वृहत विरोध कार्यक्रमको आयोजना गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…