दिलीप हत्या विरोधमा काठमान्डौंको माईतीघरमा युवाहरुको प्रदर्शन
कार्यक्रममा मैन बत्ति प्रज्वलन तथा दिलिपलाई सहिद घोषणा गर, दिलिप को हत्यारालाई कार्वाही गर, क्रसर माफियाको दादागिरी अवैध उत्खनन बन्द गर, #YAN Justice_Delayed_is_Justice_Denied भन्ने नारा समेत लगाइएको थियो ।

२०७७ पुस २५ शनिबार, राति ८:२७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । गत वर्ष क्रसर माफियाहरुले धनुषाका दिलीप महतोलाई ज्यान लिएपछि त्यसको विरोधमा युवाहरुले काठमान्डौंमा प्रदर्शन गरेको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नं. ५ बस्ने ओमप्रकाश महतो (दिलिप) गत वर्ष २०७६ साल पौष २५ गते आजैका दिन हत्या गरिएको थियो । सोही विरोधमा युवाहरुले आज माईतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
युथ एड्भोकेसि नेपाल, ओमप्रकाश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठान, महोत्तरी युथ नेटवर्क तथा युथ एसोसिएसन नेपालद्वारा संयुक्त रुपमा विरोध कार्यक्रम तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो ।
आयोजित बिरोध प्रदर्शन तथा श्रदान्जली सभालाई सम्बोधन गर्दै युथ एड्भोकेसि नेपालका अध्यक्ष नरेन्द्र खतिवडाले समाजको विकास भौतिक पूर्वाधारले मात्र हुने भनेर समाजमा भने भ्रम सृजना गरिएको बताए ।
अवैध रुपमा वन तथा नदि–जन्य पदार्थ उत्खनन गरेर वातावरणमा हानी पुगेको छ भने विश्व नै अहिले मौसम संकटबाट बच्न आव्हान गरेको अवस्था छ । उनले भने, तर दिलिप जस्तो युवामाथि हत्या गर्नु भनेको युवा आवाज तथा पर्यावरण बिरोधिको साटधाट रहेको छ ।
उनले थपे दिलिपको हत्यारालाई छोटो भन्दा छिटो कार्बाही समेत गर्न सरकारलाई समेत आग्रह गरे ।
श्रद्धाञ्जली कार्यक्रममा अभियन्ता सरोज राय यादवले सरकारले हत्यारा लुकाएको तथा संरक्षण गरेको आरोप समेत लगाए। उनले सबै घटना खुल्ला रहेको भएपनि सरकार मौन देख्दा सरकार नरहेको महशुस भएको बताए ।
साथै दिलिप लाई स्मरण गर्दै यादवले घटनाबारे भेलालाई बताई दिलिप लाई वातावरण सहिद घोषणा गर्न समेत मांग गरे । क्रसर उद्योगले अवैध उत्खनन बिरुद्ध बोल्दै गर्दा उनको हत्या गरि ट्रिपरले थिचेको अवस्थामा लास भेटिएको थियो ।
ट्रिपरको ठक्करबाट मृत्यु भएको भनेर दावि गरिरहँदा परिवारले भने उक्त कुरा स्विकारेका छैनन् । जस बिरुद्ध लामो संधर्ष पस्चात प्रदेश २ सरकारले क्षतिपूर्ति समेत दिएको थियो । तर मृतक महतोले न्याय पाएका छैनन् ।
कार्यक्रममा मैनबत्ति प्रज्वलन तथा दिलिपलाई सहिद घोषणा गर, दिलिप को हत्यारालाई कार्वाही गर, क्रसर माफियाको दादागिरी अवैध उत्खनन बन्द गर, #YAN Justice_Delayed_is_Justice_Denied भन्ने नारा समेत लगाइएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…