आगलागी पीडितलाई जसपा नेताको राहत
घरमा आगलागी हुँदा मृतक बालक जाविर राइन एक्लै सुतिरहेका थिए । उनको आमाबुबा बजार गएका थिए । अचानक आगलागी हुँदा अपांगता भएका कारण भाग्न नसकेर बालकको जलेर मृत्यु भएको स्थानीयले बताए ।

२०७७ पुस २३ बिहीबार, दिउँसो १:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो , सिरहा । सिरहाको मिर्चैया–७ का आगलागी पीडितलाई राहत प्रदान गरिएको छ ।
मिर्चैया–७ मौराहाका आगलागी पीडित स्थानीय रसिद राइनको परिवारलाई राहत प्रदान गरिएको हो ।
आगलागी पीडितलाई सोही वडा निवासी जसपाका स्थानीय नेतासमेत रहेका रामेश्वर यादवले राहत सामाग्री उपलब्ध गराएका हुन् । राहत स्वरुप २५ किलो चावल, दाल, आलु, सोयाविन, तेल, चाउचाउ, पाउरोटी लगायतका खाद्यान्न सामाग्रीसहित आर्थिक सहयोग पनि गरेको उनले जनाए ।
बुधबार यहाँ बलिरहेको घुरबाट घरमा आगलागी भएको थियो । आगलागीबाट रसिदको सिंगो घर जलेर नष्ट हुनुको साथै शारीरिक अपांगता भएका उनको ८ वर्षीय छोराको समेत जलेर मृत्यु भएको थियो ।
घरमा आगलागी हुँदा मृतक बालक जाविर राइन एक्लै सुतिरहेका थिए । उनको आमाबुबा बजार गएका थिए । अचानक आगलागी हुँदा अपांगता भएका कारण भाग्न नसकेर बालकको जलेर मृत्यु भएको स्थानीयले बताए ।
आगलागीमा ५ लाख बराबरको धनमाल पनि क्षति भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । आगलागीपछि नगरपालिकाले पनि तत्काल केहि राहत सहयोग गरेको छ ।
तर, नगरपालिकाले यस्तो समयमा अभिभावकत्व देखाउनुपर्ने केहि राहतमै सिमित हुनु र बास व्यवस्थापनका लागि उदासीन देखिनु दुस्खद भएको यादवको भनाइ छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…