मिर्चैयामा विशाल झण्डा मेला सुरु, सुरक्षा मापदण्ड पालना अनिवार्य
मेलामा अत्यधिक भीड हुने भएकाले मेला व्यवस्थापन र शान्ति सुरक्षा लगायतका आवश्यक सबै व्यवस्थापन विशेष ढंगले गरिएको छ । मेला भर्नका लागि आसपासका विभिन्न ठाउँहरूबाट ठूलो संख्यामा सर्वसाधारणहरु आउने गर्छन् ।

२०७७ पुस २१ मंगलबार, दिउँसो ३:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयामा विशाल महावीर झण्डा मेला सुरु भएको छ ।
मिर्चैयाको थाना चोकस्थित झण्डा टोलमा मंगलबारदेखि ७ दिने महावीर झण्डा मेला सुरु भएको हो । मेलाको पहिलो आज झण्डा ठड्याइएको छ भने कलश शोभा यात्रा गरिएको छ ।
पुष २८ गतेसम्म चल्ने यस मेलामा ६२ फीट अग्लो झण्डा निर्माण गरिएको छ । संस्कृति संरक्षण, सम्वद्र्धन तथा धर्मप्रतिको आस्था कायम राख्ने धेयसहित विगतका वर्ष झैं यस वर्ष कोरोकालीन परिस्थितिमा पनि मेला आयोजन गरिएको मेला आयोजक समितिले जनाएको छ ।
कोरोना कहरलाई मध्यनजर गर्दै यस वर्षको मेलामा सुरक्षा मापदण्ड अपनाइएको छ । मेलामा सुरक्षा मापदण्ड पालना र मास्क अनिवार्य गरिएको मेला समितिका कोषाध्यक्ष रुकेश साहले जानकारी दिए ।
यसपालिको मेला विगतका वर्षको तुलनामा विशेष रहेको पनि उनले बताए । मेलामा निर्मित स्टलहरुमा हरेक प्रकारका सामान भेट्नुका साथै विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिएको मेला समितिले जनाएको छ ।
मेलामा अन्य वर्षको तुलनामा यसपालि उचित व्यवस्थापन, मनोरञ्जनात्मक कार्यक्रम, संस्कृति जगेर्नात्मक कार्यक्रम, झरनी, रामहिलोरा, सर्कस, मौतको कुवाँ लगायतका खेलतमाशाको आयोजना गरिएको छ ।
मेलामा अत्यधिक भीड हुने भएकाले मेला व्यवस्थापन र शान्ति सुरक्षा लगायतका आवश्यक सबै व्यवस्थापन विशेष ढंगले गरिएको छ । मेला भर्नका लागि आसपासका विभिन्न ठाउँहरूबाट ठूलो संख्यामा सर्वसाधारणहरु आउने गर्छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…