कम्यूनिष्टको गढमा काङ्ग्रेसको लहर
कार्यक्रममा बिशिस्ट अतिथी उपमेयर बिध्या देवि भुजेल, पदमा ढुँगाना ,वडा ५ का अध्यक्ष अध्यक्ष इन्द्रकुमार महतो,रास्ट्र्य सभा सद्स्य प्रत्यासी भोला पंजियार ,क्षेत्रीय सभापति जितनारायाण यादव,प्रदेश १ ख सभापती ऋषि लामा , पूर्व गाविस उपाध्यक्ष मैथिल लाल कर्ण लगायत स्थानीय कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

२०७७ पुस २० सोमबार, बिहान ८:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं १ धनुषाधाम नगरपालिका वडा नं. ५ नौसय बिघामा काँग्रेस पार्टीमा प्रवेशको लहर देखिएको छ । आईतबार नेपाली काँग्रेसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा परित्याग गरी दर्जनौं जना काँग्रेसमा प्रवेश गरेका हुन् ।
कार्यक्रमको अध्यक्षता वडा सभापती जोगकुमार महतो तथा प्रमुख अतिथि पुर्व मन्त्री तथा केन्द्रिय सद्स्य आनन्द प्रसाद ढुँगाना रहेका थिए ।यसका साथै अन्य विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छ्न । नव प्रवेशीहरुलाई अविर माला लगाउदै पूर्व मन्त्री ढुँगानाले स्वागत गरेका थिए ।
“देशको सच्चा सिपाही नेपाली काङ्ग्रेस मात्र हो। यो देशमा जनताको मत लिएर जनतालाई सहिमार्गदिशा नदेखाएपछि जनतासंग गद्दारी गरे कमुनिष्टले, त्यसलै त्यस्तालाई अब चिन्नु जरुरी छ । अब जनतालाई सहि मार्गदिशा, युवा रोजगार जस्ता स्वदेशमै रोजगार मात्र काङ्ग्रेसले सृजना गर्छ ।”– उनले भने ।
अध्यक्षता गर्दै सभापति जोगकुमार महतोले कम्यूनिष्टले संसद विघटन गरेर जनतासंग नाचको नटुवा जस्तो देशको प्रधानमन्त्री केपि ओलि गर्दै आउँदा यसले देश डुबाउने खतरा रहेको बताए ।
उनले काङ्ग्रेसि आ–आफ्नो ठाउँबाट अगाडी बढन जरुरी रहेको बताएका छ्न । विभिन्न पार्टी प्रतियाग गरि आएका नव प्रवेशीहरुलाई स्वागत गरिदै उनीहरुको पार्टीगत लगायत व्यक्तिगत मानव जिवनको खाँचोमा हरसम्भव साथमा रहने प्रतिबद्धता समेत जाहिर गरे।
बिशिस्ट अतिथी जिल्ला सद्स्य तथा धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डल नव प्रवेशी सबैलाई स्वागत गर्दै काङ्ग्रेसिहरु सुखदुखमा साथ दिने प्रतिवद्धता पनि जाहेर गरे ।
कार्यक्रममा बिशिस्ट अतिथी उपमेयर बिध्या देवि भुजेल, पदमा ढुँगाना ,वडा ५ का अध्यक्ष अध्यक्ष इन्द्रकुमार महतो,रास्ट्र्य सभा सद्स्य प्रत्यासी भोला पंजियार ,क्षेत्रीय सभापति जितनारायाण यादव,प्रदेश १ ख सभापती ऋषि लामा , पूर्व गाविस उपाध्यक्ष मैथिल लाल कर्ण लगायत स्थानीय कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…