जनकपुरधाम विकासको लागि संघीय सरकार तयार : मन्त्री साह
जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादवले धार्मिक तथा ऐतिहासिक महत्वको दुग्धमतिको संरक्षण एवं विकासका लागि लगानी गर्न सरकारलाई आग्रह सरकारसँग गरे ।

२०७७ पुस १९ आइतबार, राति ८:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा विभाजनपछि ओली पक्षबाट मन्त्री बनेका प्रभु साहले जनकपुरधाम विकासको लागि संघीय सरकार तयार रहेको बताएका छन् ।
नव नियुक्त शहरी विकास मन्त्री साहले प्रदेश नं. २ को अस्थायी राजधानीका साथै धार्मिक एवम् ऐतिहासिक महत्वको जनकपुरधामलाई झन विकासको मुडमा लैजान संघीय सरकार तयार रहेको बताएका छन् ।
शहरको विकास गर्दा जनताको आर्थिक विकास तथा समृद्धिलाई केन्द्रमा राखेर गर्नुपर्नेमा जोड दिँदै उनले “संघीय सरकार अन्तरगतका आयोजनाको कार्यान्वयनमा देखिएका समस्याहरुको समाधान” विषयक अन्तरक्रियामा कुनै पनि पूर्वाधारमा लगानी गर्दा जनताको आर्थिक उपार्जनमा मद्दत गर्न सकिने विषयलाई आधार बनाएर योजना निर्माण गर्न प्रदेश तथा स्थानीय सरकारसँग आग्रह गरे ।
उनले संविधानले परिकल्पना गरेअनुसारको संरचनाहरुको पूर्वाधारको निर्माणका लागि संघीय सरकार दृढ भएको बताउँदै पहिलो प्राथमिकतामा प्रदेश राजधानीको विकासमा तीव्रता दिन जरुरी रहेकोले प्रदेश राजधानी जनकपुरधामको विकासका लागि संघीय सरकार लगानी गर्न तयार भएको थपे ।
सोही अन्तरक्रिया कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले जनकपुरधामलाई धार्मिक शहरको रुपमा विकास गर्नका लागि लगानी गर्न शहरी विकास मन्त्रालय तयार रहेको बताए ।
जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादवले धार्मिक तथा ऐतिहासिक महत्वको दुग्धमतिको संरक्षण एवं विकासका लागि लगानी गर्न सरकारलाई आग्रह सरकारसँग गरे ।
कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका सचिव रामआधार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, महोत्तरीको सिस्वा मनरा नगरपालिकाका प्रमुख सञ्जय सिंह, मलंगवा नगरपालिकाका प्रमुख निर्सल साह सहितका वक्ताहरुले जनकपुर विकासप्रति धारणा राखेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…